
जलपाईगुड़ी, 11 अगस्त (हि.स.)। राष्ट्रिय एकताको सन्देश बोकेर मङ्गलवार राजगञ्ज ब्लकको बेलाकोबामा तिरङ्गा यात्रा निकालियो। बेलाकोबा आरआर प्राथमिक विद्यालयका विद्यार्थीहरूलाई लिएर आयोजित यस विशेष ऱ्यालीमा नानीहरूले हातमा राष्ट्रिय झण्डा बोकेर देशभक्तिको सन्देश दिए।
प्राप्त जानकारी अनुसार तिरङ्गा यात्राको शुरुआत बेलाकोबा आरआर प्राथमिक विद्यालय परिसरबाट भएको थियो। राष्ट्रिय ध्वज हातमा बोकेर विद्यार्थीहरू हाई स्कूल अगाड़िबाट विवेकानन्द मोड़सम्म पुगे अनि त्यहाँबाट पुनः विद्यालय परिसरमा फर्किए। यस अवधि क्षेत्रमा देशभक्तिको माहोल देख्न पाइयो। ऱ्यालीमा राजगञ्जका बीडीओ शुभङ्कर दास, विद्यालयका शिक्षक-शिक्षिकागण, ब्लक प्रशासनका अधिकारीगण औ बेलाकोबा पुलिस चौकीका पुलिसकर्मीहरू सामेल भए।
राजगञ्जका बीडीओ शुभङ्कर दासले बताए, मुख्यमन्त्रीको निर्देशमा 9-देखि 15 अगस्तसम्म ‘हर घर तिरङ्गा’ कार्यक्रम अन्तर्गत विभिन्न देशभक्ति कार्यक्रम आयोजना गरिँदैछ। यसै क्रममा जिल्लासँगसँगै राजगञ्ज ब्लकका विभिन्न क्षेत्रहरूमा पनि कार्यक्रम आयोजना गरिँदैछ।उनले बताए, आगामी 15 अगस्त, स्वतन्त्रता दिवसको अवसरमा विद्यार्थीहरूको लागि विभिन्न प्रतियोगितात्मक कार्यक्रमहरू आयोजना गरिनेछ।
हिन्दुस्थान समाचार / उष्णता छेत्री शर्मा