
पुन्च, 11 अगस्त (हि.स.)। सुरक्षा बलले जम्मू कश्मीरको पुन्छ जिल्लाको मेन्धर सेक्टरमा निर्माणाधीन सुरुङ्ग नजिकै संदिग्ध गतिविधि देखेपछि ठूलो संयुक्त खोजी अभियान शुरु गरेको छ। निर्माण स्थलमा तैनाथ सुरक्षाकर्मीले शंकास्पद गतिविधि देखे र सावधानी अन्तर्गत तीनदेखि चार राउन्ड गोली हाने।
मङ्गलवारको घटनापछि बिहान पुलिस, विशेष अपरेशन ग्रुप र सीआरपीएफका जवानहरूले भातदुरियन, साङ्गियोट र छेउछाउका वन क्षेत्रमा संयुक्त खोजी अभियान चलाएको अधिकारीहरूले बताए। अहिलेसम्म कुनै हताहत भएको खबर आएको छैन। समाचार लेखिञ्जेलसम्म अपरेशन जारी थियो। थप जानकारीको प्रतिक्षा छ।
हिन्दुस्थान समाचार / भवानी थामी