
इम्फाल, 11 अगस्त (हि.स.)। मणिपुरमा सुरक्षा बलहरूले बितेको 24 घण्टाभित्रमा सञ्चालित अलग-अलग अभियानहरूमा उग्रवादी सङ्गठनहरूसित अवद्ध तीन जना सक्रिय क्याडरहरूलाई पक्राउ गरेका छन्।
पुलिसले आज बतायो, सोमवार काकचिङ्ग सीडीओ एकाई औ 46 असम राइफल्सको संयुक्त टीमले हियाङ्गलाम थाना क्षेत्रको वाबगाई मायाई लिकाईबाट एनआरएफएमका सक्रिय क्याडर एवं कथित असुलीकर्ता युमनाम परेम्बा (27)-लाई पक्राउ गऱ्यो।
यसै दिन विश्वसनीय सूचनाको आधारमा थौबल सीडीओ र 33 असम राइफल्सको संयुक्त टीमले लाङ्गाथेल क्षेत्रमा खोजी अभियान परिचालन गरी केवाईकेएलका सक्रिय क्याडर एवं कथित असुलीकर्ता पुइयाम इनाओचा सिंह (42)-लाई लाङ्गाथेल लाइकोल बजारबाट पक्राउ गऱ्यो।
यसअघि सुरक्षा बलहरूले थौबल जिल्लाको खोङ्गजोम थाना क्षेत्रको खोङ्गजोम-लाङ्गाथेल क्षेत्रबाट आरपीएफ/पीएलएका सक्रिय क्याडर शागोलशेम रोकेश्वर सिंह उपनाम शान्ता (59)-लाई पक्राउ गरे जो लाङ्गाथेल मायाई लिकाईका निवासी हुन्।
तीनै वटा मामिलामा अग्रिम जाँच भइरहेको छ।
हिन्दुस्थान समाचार / उष्णता छेत्री शर्मा