
सिलगढ़ी,11 अगस्त (हि.स.)। कञ्चनजङ्घा स्टेडियमको मेला मैदानमा पार्किङ्गको व्यवस्था शुरू भएपछि सिलगढ़ी ट्राफिक पुलिसले शहरका मुख्य सड़क अनि गल्लीहरूमा अवैध रूपमा वाहन राख्नेहरूविरूद्ध कराबाही गर्न थालेको छ।
प्रशासनद्वारा बारम्बार जागरूक गराइएको भए पनि सड़क किनारा वाहन राखिएको सिकायत आएपछि मङ्गलवार पुलिसले कड़ा कदम उठायो। खुदीरामपल्ली, विधान रोड औ वरपरका क्षेत्रहरूमा अभियान सञ्चालन गरी ट्राफिक पुलिसको रिकभरी भ्यानले केही वाहनहरूलाई उठाएर लग्यो।
जानकारी अनुसार कञ्चनजङ्घा स्टेडियमको मेला मैदानमा पार्किङ्ग व्यवस्था शुरू भएपछि ट्राफिक पुलिसले स्पष्ट पारेको थियो, शहरका सड़क वा सड़क किनारमा वाहन राख्ने अनुमति छैन। निर्देश दिइए पनि शहरका विभिन्न सड़कहरूमा तथा गल्लीहरूमा सड़क किनारमा वाहन राखेको पाइयो। त्यसपछि मङ्गलवार पानीट्याङ्की ट्राफिक गार्ड अन्तर्गत खुदीरामपल्ली र वरपरका क्षेत्रहरमा अभियान सञ्चालन गरियो। कारबाहीमा केही वाहनहरूलाई रिकभरी भ्यानको माध्यमबाट हटाइयो। पछि सम्बन्धित वाहन मालिकहरूमाथि नियमानुसार जरीमाना लगाइएको जानकारी प्राप्त भएको छ।
हिन्दुस्थान समाचार / उष्णता छेत्री शर्मा