
कोलकाता, 11 अगस्त (हि. स.)। पश्चिम बङ्गालमा मनसुन फेरि सक्रिय हुनाले मङ्गलवार राज्यका केही भागहरूमा वर्षाको सिलसिला जारी रहने सम्भावना छ। अलिपुरस्थित क्षेत्रीय मौसम विज्ञान केन्द्रले गङ्गीय औ उप-हिमालयी पश्चिम बङ्गालका विभिन्न भागहरूमा वर्षासितै बिजुली चम्किने अनि तीव्र हावा चल्ने चेताउनी जारी गरेको छ। केही क्षेत्रहरूमा घना वर्षा पनि हुनसक्छ।
मौसम विभाग अनुसार दक्षिण बङ्गालका अधिकांश जिल्लाहरूमा हल्कादेखि मध्यम वर्षासितै बिजुली चम्किनसक्छ। कोलकाता, हावड़ा, हुगली, उत्तर एवं दक्षिण 24 परगना, नदिया, मुर्शिदाबाद, बीरभूम, पूर्व एवं पश्चिम बर्दवान, बाँकुड़ा, पुरुलिया, पश्चिम एवं पूर्व मेदिनीपुर तथा झाड़ग्राममा वर्षा हुने सम्भावना छ। केही स्थानहरूमा बिजुली चम्किनको साथै तीव्र हावा पनि चल्नसक्छ।
राजधानी कोलकातामा दिनभरि बादल लाग्ने सम्भावना छ। कतिपय स्थानहरूमा हल्कादेखि मध्यम वर्षा तथा मेघ गर्जनसितै वर्षा हुने सम्भावना छ। एक-दुई वटा स्थानहरूमा 30-40 किलोमीटर प्रतिघण्टाको गतिले तीव्र हावा चल्ने सम्भावना पनि व्यक्त गरिएको छ।
उत्तर बङ्गालका दार्जीलिङ, कालेबुङ, जलपाईगुड़ी, अलिपुरद्वार औ कुचबिहार सहित अन्य जिल्लाहरूमा पनि वर्षा एवं मेघ गर्जनका गतिविधिहरू कायम रहनसक्छ। पहाड़ी क्षेत्रहरूमा अपेक्षाकृत अधिक वर्षा हुने सम्भावना छ। उत्तर औ दक्षिण दिनाजपुरमा पनि स्थानीय स्तरमा वर्षा हुनसक्छ।
मौसम विभागले पश्चिम बङ्गाल र उत्तर ओडिशाको तट संलग्न समुद्री क्षेत्रमा 11-देखि 14 अगस्तसम्म मछुआराहरूको लागि विशेष चेताउनी जारी गरेको छ। यस अवधि 35-45किलोमीटर प्रतिघण्टाको गतिले हावा चल्नसक्छ भने झोकाको गति 55 किलोमीटर प्रतिघण्टासम्म पुग्नसक्छ। यस अवधिभरि मछुआराहरूलाई समुद्रमा नजाने सल्लाह दिइएको छ। समुद्रमा 1.1-देखि 1.2 मीटर अग्लो छाल आउने सम्भावना पनि व्यक्त गरिएको छ।
अलिपुर मौसम केन्द्र अनुसार गङ्गीय पश्चिम बङ्गालमा 12 र 13 अगस्तको दिन भारी वर्षासँगसँगै बिजुली चम्किने अनि तीव्र हावा चल्ने स्थिति उत्पन्न हुनसक्छ। आगामी 14 अगस्तको दिन घना वर्षा हुने चेताउनी दिइएको छ।
हिन्दुस्थान समाचार / उष्णता छेत्री शर्मा