
खरसाङ, 11 अगस्त (हि.स.)। भारतीय गोर्खा प्रजातान्त्रिक मोर्चा तीनधारे महानदी समष्टिको कमिटी पुनर्गठन गरिने भएको छ। यसै विषयलाई लिएर भारतीय गोर्खा प्रजातान्त्रिक मोर्चा तीनधारे महानदी समष्टिको सभा महानदीस्थित नारी शक्ति तीनधारे महानदी समष्टि सभापति निरा प्रधान वासस्थानमा सम्पन्न भयो।
उक्त सभामा आगामी 16 अगस्तमा भारतीय गोर्खा प्रजातान्त्रिक मोर्चाको केन्द्रिय संस्थापक अध्यक्ष अनित थापाको उपस्थितिमा तीनधारे महानदी समष्टिको सभा हुने र उक्त सभामा नै समष्टि कमिटीको पुनर्गठन गरिने भएको छ। यसै विषयलाई लिएर सभामा चर्चा परिचर्चा गरिएको जानकारी प्राप्त भएको छ।
उक्त सभामा तीनधारे महानदी समष्टिको समष्टि कमिटी मात्र होइन तर नारी शक्ति, युवा शक्ति, विद्यार्थी महासंघ आदिको समष्टि कमिटी पुनर्गठन गरिने भएको छ भने ट्रेड युनियनको कोमल तीनधारे महानदी समष्टिको कोमल कमिटी गठन गरिने भएको छ।
सभामा भारतीय गोर्खा प्रजातान्त्रिक मोर्चा तीनधारे महानदी समष्टिका सभापति राजीव थापा, उपाध्यक्ष धिरेन प्रधान, कुसाङ लामा, प्रवक्ता बिपन विश्वकर्म, ट्रेड युनियन खरसाङ महकुमा समितिको सभापति सागर गुरुङ, महासचिव जनक छेत्री आदि उपस्थित थिए।
हिन्दुस्थान समाचार / हनोक