पालघरमा भूकम्पको लगातार दुई झट्काले मानिसहरू भयभित, प्रशासनले गऱ्यो अलर्ट
पालघरमा भूकम्पको लगातार दुई झट्काले मानिसहरू भयभित, प्रशासनले गऱ्यो अलर्ट


मुम्बई, 11 अगस्त, (हि.स.)। महाराष्ट्रको पालघर जिल्लामा बितेको राती लगातार दुई पटक भूकम्पको झट्का महसूस गरियो जसले गर्दा क्षेत्रको माहोल भयपूर्ण भयो। जव्हार-विक्रमगढ़ क्षेत्रमा आएका दुवै भूकम्पको तीव्रता रिक्टर स्केलमा 3.2 र 3.4 मापन गरियो। तर कम तीव्रता भएको कारणले कुनै पनि प्रकारको ज्यान-मालको क्षय-क्षति भएको सूचना छैन। प्रशासनले मानिसहरूलाई डराउनको सट्टा सतर्क रहने अनि भूकम्प आउँदा सुरक्षा उपायहरूलाई पालन गर्ने अपील गरेको छ।

पालघर जिल्ला सूचना कार्यालयका अधिकारीले आज बताए, पहलो भूकम्प बितेको रात 10 बजेर 04 मिनटमा महसूस गरियो बने दोस्रो झट्का लगभग 11 बजे आयो। दुवै झट्काको तीव्रता क्रमश: 3.2 र 3.4 रह्यो। जिल्ला सूचना विभागले बतायो, भूकम्पको केन्द्र पालघर जिल्लाको ज्वहार तालुकामा जमीनदेखि लगभग पाँच किलोमीटरको गहिराईमा रहेको बताइएको छ। लगातार दुई पटक झट्का महसूस गरिएपछि मानिसहरू भयभित भए। स्थानीय प्रशासनले स्थितिमाथि नजर राखिरहेको छ।

अधिकारीहरूले मानिसहरूसित अपील गरेका छन्, उनीहरू नडराउन्। भूकम्प आउँंदा सुरक्षित स्थानमा जानको साथै आवश्यक सुरक्षा उपायहरूलाई पालन गरुन्। पालघर महाराष्ट्रको तटीय क्षेत्रमा स्थित छ भने यहाँ पछिल्ला केही वर्षदेखिको कम तीव्रताको भूकम्पको झट्का महसूस गरिँदै आएको छ। पछिल्लो महिना पनि जिल्लाका भिन्न-भिन्न भागहरूमा भूकम्पको झट्का द र्ता गरिएको थियो।

हिन्दुस्थान समाचार / उष्णता छेत्री शर्मा


 rajesh pande