
अलिपुरद्वार, 11 अगस्त (हि.स.)। जिल्लाको फालाकाटामा त्यसबेला कोकोहोलो मचियो जतिबेला जङ्गलबाट निक्लेर आएको मादा गैंड़ा र शावक गैंड़ाको जोड़ी आवासीय क्षेत्रमा पसे। कुञ्जनगर गाउँमा शिक्षकको घरमा पसेर मादा गैंड़ाले व्यापक उत्पात मचायो। घरका सामानहरू सहित घरको एक भागलाई क्षतिग्रस्त बनाएपछि थाकेर गैंड़ा बगानभित्र पस्यो जहाँ उसको मृत्यु भयो। वन विभागको प्रारम्भिक जाँचमा अत्यधिक थाकेको कारणले हार्ट अट्याकले उसको मृत्यु भएको आशङ्का व्यक्त गरिएको छ।
स्थानीय सूत्र अनुसार मङ्गलवार बिहान लगभग 7 बजे कुञ्जनगरको जङ्गलबाट दुई वटा गैंड़ा निक्लेर सोझै आवासीय क्षेत्रमा पसे। यसमा एउटा मादा गैंड़ा र त्यसको शावक सामेल थिए। दुवै कुञ्जनगर गाउँका शिक्षक सुशिल कुमार सिन्हाको घरमा पसे। मादा गैंडा आक्रमक भयो जसले घर वरिपरी व्यापक तोड़फोड़ गऱ्यो। गैंड़ाको उत्पातमा दुई वटा ट्यूबवेल, दुई वटा साइकल, दुई वटा सिलाई मशिन र एउटा काठको चौकी पूर्ण रूपले क्षतिग्रस्त बनाइदियो। यति मात्र नभएर गैंड़ाले घरको पक्काको पर्खाल पनि भत्काइदियो।
जलदापाड़ा वन विभागको प्रारम्भिक अनुमान मुताविक अत्यधिक थकानको कारणले मादा गैंडालाई हार्ट अट्याक आएको होला जसले गर्दा उसको मृत्यु भयो। सूचना पाएपछि वन विभागको टीम घटनास्थलमा पुग्यो अनि मादा गैंड़ाको शवलाई उद्धार गऱ्यो। गैंड़ाको शावकलाई वन कर्मीहरूले सुरक्षित आफ्नो कब्जामा लिए।
हिन्दुस्थान समाचार / उष्णता छेत्री शर्मा