
गुवाहाटी, 12 अगस्त (हि.स.)। असमका मुख्यमन्त्री डा. हिमन्त बिस्व सरमाले अरुणाचल प्रदेश सरकारसित हालैको सीमा घटनाको लागि मानिसहरूलाई चिन्हित गरी उनीहरूलाई कड़ा कारबाही गर्ने आग्रह गरेका छन्। मुखयमन्त्री डा. सरमाले आज यहाँ एक सम्वाददाता सम्मेलनलाई सम्बोधन गरिरहेका थिए।
मुख्यमन्त्रीले भने, सीमा संलग्न पाँच वटा क्षेत्रका 52 वटा गाउँहरूका मानिसहरूको समस्या अहिले पनि पूर्ण रूपमा समाधान भएको छैन। उनले भरोसा दिलाए, असम-अरुणाचल सीमासित सम्बन्धित सब मुद्दाहरूको चाँड़ै पूर्ण रूपले समाधान गरियोस्।
मुख्यमन्त्रीले घोषणा गरे, बाढ़ी प्रभावित क्षेत्रहरूका नामघरहरूलाई 20 अगस्तभन्दा अगाड़ि डेढ़-डेढ़ लाख रुपियाँको सहायता दिइनेछ। बाढ़ीले पूर्ण रूपमा क्षतिग्रस्त बनाएका घरहरू बनाउनको लागि मोडल आवासीय परियोजना शुरू गरिनेछ। पशुधन गुमाएकाहरूलाई पशुधन उपलब्ध गराइनेछ। साथै यी क्षेत्रहरूलाई दुग्ध उत्पादन केन्द्रको रूपमा विकसित गर्ने दिशामा पनि कदम उठाइनेछ।
मुख्यमन्त्रीले बताए, 72 जना यूट्यूबरहरूले बाढ़ीको नाममा धन सङ्ग्रह गरेका थिए। त्यो धन वास्तवमै बाढ़ी प्रभावितहरूसम्म पुग्यो कि पुगेन, सरकारले नजर राखिरहेको छ। उनले समय गोगोई जस्ता यूट्यूबरहरूद्वारा बाढ़ी पीड़ितहरूको मद्दतको लागि गरिएका कार्यहरूको सराहना गर्दै भने, राम्रो काम गर्नेहरूलाई सम्मानित गर्नु सरकारको कर्तव्य हो।
मुख्यमन्त्रीले शिवसागर औ चराइदेव जिल्लाका मानिसहरूसित अस्थायी ईएमआई राहतको लागि 30 अगस्तसम्म ब्याङ्कमा आवेदन गर्ने आग्रह गरे। यसको साथै उनले माथिल्लो असमका बाढ़ी प्रभावित चार वटा जिल्लाका मानिसहरूलाई यथाशीघ्र बीमा दाबी दर्ता गर्ने अपील गरे।
हिन्दुस्थान समाचार / उष्णता छेत्री शर्मा