आआपले साइकल खरिदमा भ्रष्टाचार गरेको आरोप लगाए, सरकारसित जाँच गर्ने माग
आआपले साइकल खरिदमा भ्रष्टाचार गरेको आरोप लगाए, सरकारसित जाँच गर्ने माग


नयाँ दिल्ली, 12 अगस्त (हि.स.)। आम आदमी पार्टी (आआपा) ले दिल्ली सरकारमाथि छात्राहरूलाई वितरण गरिएको साइकल खरिदमा कथित भ्रष्टाचार भएको आरोप लगाउँदै ममिलाको जांच गर्ने माग गऱ्यो।

आआपाका दिल्ली प्रदेश अध्यक्ष सौरभ भारद्वाज र बुराड़ीबाट विधायक सञ्जीव झाले बुधवार पार्टी मुख्यालयमा आयोजित पत्रकार वार्तामा दुई वटा साइकल राखेर त्यसको गुणस्तर र मूल्यमा कथित अन्तर देखाए।

सौरभ भारद्वाजले आरोप लगाए, दिल्ली सरकारले छात्राहरूको लागि ठूलो सङ्ख्यामा साइकल लगभग 6,957 रुपियाँ प्रतिसाइकलको दरले खरिद गऱ्यो भने बजारमा यस किसिमको साइकल लगभग 4,200 रुपियाँमा उपलब्ध छ। उनले भने, सरकारले खरिद गरेको साइकलको गुणस्तर राम्रो छैन।

दिल्ली अध्यक्षले दुवै साइकलको टायर, रिम, ब्रेक औ क्र्याङ्क समेत विभिन्न भागहरूको तुलना गरे। पार्टीले एकजना साइकल मिस्त्रीलाई बोलाएर दाबी गरे, एउटा साइकलमा स्थानीय र हल्का पुर्जा जड़ान गरिएको छ भने अर्कोमा गुणस्तरी टायर र धातुको ब्रेक जड़ान गरिएको छ।

भारद्वाजले आरोप लगाए, सरकारी खरिदमा ‘स्काइलर’ नामको ब्राण्ड प्रयोग गरियो जबकि हीरो साइकल्सको यस नामको पुरानो मोडल बन्द भइसकेको छ.उनले सरकारसित दुवै साइकलको गुणस्तर र टेण्डरमा निर्धारित तकनिकी विवरण सार्वजनिक गर्ने माग गरे।

विधायक सञ्जीव झाले भने, सरकारले बारम्बार खरिद प्रक्रियाको लागि सरकारी ई-मार्केटप्लेस (जेईएम)-लाई देखाइरहेको छ। उनले भने, जेईएमको माध्यमबाट खरिद हुनाले मात्र भ्रष्टाचारको सम्भावना समाप्त हुँदैन। पार्टीले यस मामिलालाई दिल्लीकी मुख्यमन्त्री रेखा गुप्ता तथा शिक्षामन्त्री आशिष सूद समक्ष पठाउनेछ। सरकारले दुवै साइकललाई विशेषज्ञहरू समक्ष राखेर त्यसको गुणस्तर, मूल्य र टेण्डरका शर्तहरूलाई दाँजेर हेर्नुपर्छ, उनले माग गरे।

हिन्दुस्थान समाचार / उष्णता छेत्री शर्मा


 rajesh pande