फूलबाड़ी एक नम्बर ग्राम पञ्चायतमा भाजपाको कब्जा
फूलबाड़ी एक नम्बर ग्राम पञ्चायतमा भाजपाको कब्जा


जलपाईगुड़ी, 12 अगस्त (हि.स.)। फूलबाड़ी एक नम्बर ग्राम पञ्चायतमा तृणमूल कङ्ग्रेसको पछिल्लो लामो समयदेखिको कायम नियन्त्रण अब भारतीय जनता पार्टी (भाजपा)-को हातमा पुगेको छ। बुधवार तृणमूलका 12 जना सदस्यहरूको समर्थनबाट भाजपाले पञ्चायतमा कब्जा गऱ्यो।

30 वटा सीट भएको यस ग्राम पञ्चायतमा अहिलेसम्ममा तृणमूल कङ्ग्रेससित 24 वटा सीट थियो। तर 12 जना तृणमूल सदस्यहरूले समर्थन गरेपछि भाजपाको पक्षमा 18 जना सदस्यहरूको समर्थन भयो जुन बहुमतको लागि आवश्यक 16 जनाको आँकड़ाभन्दा अधिक हो। त्यसपछि भाजपाले औपचारिक रूपमा पञ्चायतक नियन्त्रणलाई आफ्नो हातमा लियो।

भाजपाका दयाल रायले नयाँ प्रधानको रूपमा जिम्मेवारी सम्हालेका छन्। पञ्चायतमा कब्जा गरेको खबर बाहिरिएपछि भाजपा कार्यकर्ता अनि समर्थकहरूमा उत्साह देखियो। समर्थकहरूले एका-अर्कालाई भगवा रङ्ग दलेर उत्साह मनाउँदै पटाका पड़्काए।

तथापि भाजपालाई समर्थन दिने तृणमूल कङ्ग्रेसका 12 जना सदस्यहरूले यस राजनीतिक परिवर्तनलाई लिएर सार्वजनिक रूपमा केही भन्न अस्वीकार गरे। उनीहरूको समर्थनकै कारमले पञ्चायतको सत्तामा आएको परिवर्तनलाई लिएर स्थानीय राजनीतिमा चर्चा चुलिएको छ।

हिन्दुस्थान समाचार / उष्णता छेत्री शर्मा


 rajesh pande