
कोलकाता, 12 अगस्त (हि.स.)। पश्चिम बङ्गालमा मनसुन फेरि एकपटक सक्रिय भएको छ। उत्तर-पश्चिम बङ्गालको खाड़ी एवं वरपरका क्षेत्रहरूमा बुधवार निम्न दबाव क्षेत्र विकसित हुने सम्भावनाबीच राज्यका केही जिल्लाहरूमा घना वर्षाको पूर्वानुमान जारी गरिएको छ। अलिपुरस्थित क्षेत्रीय मौसम विज्ञान केन्द्र अनुसार दक्षिण बङ्गालका अधिकांश जिल्लाहरूमा हल्कादेखि मध्यम वर्षा औं मेघ गर्जनसितै वर्षा हुनसक्छ। केही जिल्लाहरूमा घनाभन्दा अति घना वर्षा हुुने चेताउनी दिइएको छ।
मौसम विभाग अनुसार उत्तर औ दक्षिण 24 परगना, पूर्व औ पश्चिम मेदिनीपुरमा एक-दुई स्थानहरूमा 7-देखि 20 सेन्टीमीटरसम्म घना वर्षा हुनसक्छ। कोलकाता, हावड़ा, हुगली औ बाँकुड़ामा पनि एक-दुई स्थानमा 7-देखि 11 सेन्टीमीटरसम्म भारी वर्षा हुने सम्भावना छ। दक्षिण बङ्गालका सबै जिल्लाहरूमा बिजुली चम्किने अनि 30-40 किलोमीटर प्रतिघण्टाको गतिले तीव्र हावा चल्ने पूर्वानुमान लगाइएको छ।
उत्तर बङ्गालमा पनि बुधवार सबै जिल्लाहरूका कतिपय स्थानहरूमा हल्कादेखि मध्यम वर्षा तथा मेघ गर्जनसितै पानी पर्ने अनुमान छ। जलपाईगुड़ी, मालदा, उत्तर दिनाजपुर औ दक्षिण दिनाजपुरका एक-दुई वटा स्थानहरूमा गर्जनसितै तीव्र हावा चल्नसक्छ।
मौसम विभागले आगामी दिनमा पनि वर्षाका गतिविधिहरू जारी रहने अनुमान व्यक्त गरेको छ। 13 अगस्तको दिन पूर्व औ पश्चिम मेदिनीपुर, दक्षिण 24 परगना, झाड़ग्राम, बाँकुड़ा, पुरुलिय एवं पश्चिम बर्दवानमा मुसलधारे पानी पर्नसक्छ भने उत्तर बङ्गालमा 13 अगस्तको दिन जलपाईगुड़ी र अलिपुरद्वार तथा 14 अगस्तमा दार्जीलिङ, जलपाईगुड़ी, कालेबुङ, अलिपुरद्वार औ कुचबिहारमा घना वर्षा हुने सम्भावना छ।
अलिपुर मौसम विभाग अनुसार बङ्गालको खाड़ीमा विकसित हुने निम्न दबाव राज्यमा वर्षाका गतिविधिहरूलाई बढ़ाउने प्रमुख मौसमी तन्त्र हुनेछ। विभागले 11- देखि 15 अगस्तबीच पश्चिम बङगाल औ ओडिशाको तट तथा उत्तर बङ्गालको खाड़ीमा 35-देखि 45 किलोमीटर प्रतिघण्टाको गतिले तीव्र हावा चल्ने अनि अनि कहिले-कहिले 55 किलोमीटर प्रतिघण्टाको गतिले झोकादार हावा चल्ने चेताउनी दिएको छ। यस अवधिभरि मछुआराहरूलाई समुद्रमा नजाने सल्लाह दिइएको छ।
हिन्दुस्थान समाचार / उष्णता छेत्री शर्मा