असमको बाढ़ीलाई सीएम शुभेन्दुले बताए- ‘भयानक’, 10 करोड़ रुपियाँको सहायता दिने घोषणा
असमको बाढ़ीलाई सीएम शुभेन्दुले बताए- ‘भयानक’, 10 करोड़ रुपियाँको सहायता दिने घोषणा


कोलकाता, 12 अगस्त (हि.स.)। असममा बाढ़ीको गम्भीर स्थितिबीच पश्चिम बङ्गाल सरकारले छिमेकी राज्यलाई सहयोग गर्नको लागि मुख्यमन्त्री राहत कोषबाट 10 करोड़ रुपियाँ आर्थिक सहायता दिने घोषणा गरेका छन्। विधानसभाको विशेष अधिवेशनमा बुधवार मुख्यमन्त्री शुभेन्दु अधिकारीले असमको बाढ़ीको स्थितिलाई “भयानक” बताउँदै सो घोषणा गरे।

मुख्यमन्त्रीले भने, असममा बाढ़ीको कारणले अहिलेसम्ममा सयभन्दा अधिक मानिसहरूको मृत्यु भइसकेको छ। उनले भने, असमसित पश्चिम बङ्गालको “विशेष सम्बन्ध” छ, त्यसैले यस घड़ीमा राज्य उसको साथमा छ। उनले बताए, सिक्किम, मणिपुर औ छत्तीसगढ़ सहित केही राज्यहरूले पनि असमको लागि सहायता दिने घोषणा गरेका छन् भने पश्चिम बङ्गालले पनि मुख्यमन्त्री रात कोषबाट 10 करोड़ रुपियाँ दिनेछ।

उल्लेखनीय छ, असम अहिलेघरि गम्भीर बाढ़ीको चपेटमा छ। हालैको रिपोर्ट अनुसार बाढ़ीबाट प्रभावित क्षेत्रहरूमाराहत एवं बचाउ कार्य जारी छ भने केही जिल्लाहरूमा ठूलो सङ्ख्यामा मानिसहरू प्रभावित भएका छन्।

हिन्दुस्थान समाचार / उष्णता छेत्री शर्मा


 rajesh pande