तामुलपुरमा उद्योग एवं वाणिज्य विभागको जिल्ला मुख्यालय भवनको शिलान्यास
तामुलपुरमा उद्योग एवं वाणिज्य विभागको जिल्ला मुख्यालय भवनको शिलान्यास


तामुलपुर (असम), 12 अगस्त (हि.स.)। तामुलपुर दुर्गा मन्दिरको छेउमा बुधवार बुधवार उद्योग एवं वाणिज्य विभागको जिल्ला मुख्यालय भवनको शिलान्यास गरियो। बोडोल्याण्ड टेरिटोरियल कउन्सिल (बीटीसी) -को उद्योग एवं वाणिज्य विभागकी कार्यकारी सदस्य मुनमुन ब्रह्मले बीटीसीका कार्यकारी सदस्य महेश्वर बसुमतारी औ पूर्व विधायक इम्यानुएल मुसाहारीको उपस्थितिमा भवनको शिलान्यास गरिन्।

यस अवसरमा मुनमुन ब्रह्मले भनिन्, तामुलपुर अत्यन्तै सम्भावित जिल्ला हो र यहाँ विकासको लागि धेरै कार्य गर्न बाँकी छ। उनले भने, विभागले जिल्लाको लागि श्रेष्ठ कार्य गर्ने कुरामा उनी आशावादी छन्।

लगभग डेढ़ करोड़ रुपियाँको लागतमा प्रस्तावित दुई तले भवन निर्माणको लागि प्रारम्भिक चरणमा 70 लाख रुपियाँ निर्धारण गरिएको छ। नयाँ कार्यालय भवनले तामुलपुर जिल्लामा उद्योग एवं वाणिज्य विभागका गतिविधिहरूलाई अधिक व्यवस्थित ढङ्गमा सञ्चालन गर्नको साथै स्थानीय उद्यमीहरूलाई सहायता उपलब्ध गराउनमे महत्वपूर्ण भूमिका निभाउनेछ।

कार्यकारी सदस्यले शिलान्यास स्थलको परिसरमा अवस्थित ह्याण्डलूम को-अपरेटिभ सोसाइटीको प्रशिक्षण भवनमा उद्योग एवं वाणिज्य विभागको प्रशिक्षण कार्यक्रम आयोजनागर्ने वकालत पनि गरिन्। उनले बतािन्,यस सम्बन्धमा हतकरघा एवं वस्त्र विभागका कार्यकारी सदस्यबाट मौखिक रूपमा एनओसी प्राप्त भइसकेको छ भने अब चाँड़ै लिखित एनओसी पाउने आशा छ।

कार्यक्रममा उद्योग एवं वाणिज्य विभागका अधिकारी-कर्मचारी, पार्टीका नेता एवं कार्यकर्ता समेत ठूलो सङ्ख्यामा मानिसहरू उपस्थित थिए।

हिन्दुस्थान समाचार / उष्णता छेत्री शर्मा


 rajesh pande