
बरपेटा (असम), 12 अगस्त (हि.स.)। देशभरि नै ‘डिजिटल अरेस्ट’- को नाममा भइरहेको साइबर ठगीविरूद्ध कारबाही गर्दै गुजरात पुलिसले असमको बरपेटा रोड निवासी एकजना युवकलाई पक्राउ गरेको छ। पक्रा पर्ने युवकको नाम रफिकुल आलम हो।
गुजरात पुलिसको पाँच सदस्यीय दलले यो कारबाही स्थानीय पुलिसको सहयोगमा गरेको हो। रफिकुल आलममाथि गुजरातका एकजना मानिसलाई ‘डिजिटल अरेस्ट’ -को डर देखाएर ठूलो रकम ठगेको मामिलामा सामेल रहेको आरोप छ। यस मामिलामा गुजरात पुलिसले उसलाई खोजिरहेको थियो।
पुलिस अनुसार, ‘डिजिटल अरेस्ट’ साइबर अपराधीहरूद्वारा अपनाइने ठगीको एउटा उपाय हो जसमा अपराधीले पुलिस, सीबीआई वा ईडीको अधिकारी भएर भीडियो कल गर्छ अनि जाली मामिलामा पक्राउ गर्ने डर देखाएर पीड़ितहरूबाट ब्याङ्क काताको माध्यमबाट ठूलो रकम असुल गर्छ।
गुजरातमा दर्ता यस्तै एउटा मामिलाको जाँच गर्ने क्रममा पुलिसलाई रफिकुल आलमको बारेमा सुइँको प्राप्त भयो। मोबाइल टावर लोकेशनको आधारमा गुजरात पुलिसले बरपेटा रोडमा अभियान स़्चालन गरी उसलाई पक्राउ गऱ्यो। उक्त युवकलाई अग्रिम जाँचबुझको लागि गुजरात लैजाने तयारी गरिरहेको छ।
हिन्दुस्थान समाचार / उष्णता छेत्री शर्मा