
खरसाङ, 12 अगस्त (हि.स.)। खरसाङको सन्त अल्फन्सेस विद्यालय र महकुमा प्रशासनको सहकार्यमा आज खरसाङमा 'हर घर तिरंगा' ऱ्यालीको आयोजना गरिएको छ। विद्यालयको ब्याण्डसहित निकालिएको यो ऱ्याली विद्यालय परिसरबाट शुरु भएर राष्ट्रिय राजमार्ग 110 हुँदै खरसाङ बजार परिक्रमा गरेर रेलवे स्टेशनसम्म पुगेपछि पुनः विद्यालयमै फर्किएर समाप्त भयो।
ऱ्यालीका क्रममा विद्यार्थीहरूले सर्वसाधारण र दोकानेहरूलाई राष्ट्रिय झण्डा वितरण गरेका थिए।कार्यक्रमको शुरुवातमै सन्त अल्फन्सेस विद्यालयका फादर केभिन मोक्तानले आफ्नो देशभक्तिपूर्ण र ओजस्वी भाषणद्वारा विद्यार्थीहरूमा राष्ट्रप्रेम र उत्साह भर्ने काम गरेका थिए। यस ऱ्यालीले सम्पूर्ण खरसाङ बजारमा राष्ट्रिय एकता र देशभक्तिको सुन्दर सन्देश प्रवाह गरेको बताइएको छ।
---------------
हिन्दुस्थान समाचार / हनोक