कोलकाता नगरनिगममा वार्डहरूको सङ्ख्या बढ़ाउने बिल ध्वनिमतले पारित, सीएमले भने- पछि हुनेछ परिसीमन
कोलकाता नगरनिगममा वार्डहरूको सङ्ख्या बढ़ाउने बिल ध्वनिमतले पारित, सीएमले भने- पछि हुनेछ परिसीमन


कोलकाता, 12 अगस्त (हि. स.)। कोलकाता नगरनिगमका वार्डहरूको सङ्ख्या बढ़ाउनेसित सम्बन्धित कोलकाता म्युनिसिपल कर्पोरेशन (अमेण्डमेन्ट) बिल, 2026 बुधवार पश्चिम बङ्गाल विधानसभामा ध्वनिमतले पारित भयो। शहरी विकास मन्त्री अग्निमित्रा पालले सदनमा विधेयक पेश गरिन्। विधेयकमाथि चर्चा भएपछि यसलाई ध्वनिमतले स्वीकृत गरियो।

विधानसभा अध्यक्ष रथिनन्द्र बोसले विधेयकमाथि मतदान प्रक्रिया सम्पन्न गराए। विधेयकमा कोलकाता नगरनिगम अधिनियम, 1980- को धारा-5 मा संशोधन गर्ने प्रस्ताव छ जसान्तर्गत निगममा निर्वाचित पार्षदहरूको सङ्ख्या 144 देखि बढ़ाएर 209 बनाउने प्रावधान राखिएको छ।

विधेयकमाथि भएको चर्चामा विपक्षका सदस्यहरूले पनि आफ्नो कुरा राखे। मुख्यमन्त्री शुभेन्दु अधिकारीले पनि चर्चामा भाग लिए। उनले स्पष्ट पारे, हाल विधेयकको माध्यमबाट वार्डहरूको सङ्ख्या मात्र बढ़ाइँदैछ। वार्डहरूको सीमा अनि मतदाताहरूको सङ्ख्याको अन्तिम निर्धारण आगामी प्रक्रियामा हुनेछ।

मुख्यमन्त्रीले बताए, चुनाउ आयोगले वार्डहरूको सीमा अनि मदाताहरूसित सम्बन्धित विषयहरूलाई लिएर दुई पटक सर्वदलीय बैठक गर्नेछ। यी बैठकहरूमा राजनीतिक दलहरूबाट सुझाउ लिइनेछ। त्यसपछि परिसीमनको प्रक्रिया पूरा गरी अन्तिम सूची प्रकाशित गरिनेछ।

विधेयकको उद्देश्य औ कारणहरूमा भनिएको छ, कोलकाता नगरनिगमका वार्डहरूको सङ्ख्यामा संशोधन वार्डगत जनसङ्ख्या, आवासीय स्वरूप, भौगोलिक परिस्थिति और निगमसित सम्बन्धित आर्थिक पाटोहरूलाई ध्यानमा राखेर गरिँदैछ। विधेयक लागू हुने तारिक राज्य सरकारले राजपत्रमा अधिसूचनाको माध्यमबाट तय गर्नेछ।

विधेयकमाथि भएको चर्चामा तृणमूल कङ्ग्रेसका शोभनदेव च्याटर्जी, भाजपाका रितेश तिवारी, मन्त्री अरूप कुमार दास, भाजपाका शङ्कर सिकदर, तृणमूल कङ्ग्रेसका जावेद अहमद खान, भाजपाकी सरबरी मुखर्जी, भाजपाका सजल घोष, तृणमूल कङ्ग्रेसका फिरहाद हकिम औ मन्त्री अग्निमित्रा पालले भाग लिए। मुख्यमन्त्री शुभेन्दु अधिकारीले पनि चर्चामा भाग लिँदै परिसीमनको प्रक्रियालाई लिएर सरकारको पक्ष स्पष्ट पारे।

हिन्दुस्थान समाचार / उष्णता छेत्री शर्मा


 rajesh pande