कोलकाता पुलिसको हरेक डिभीजनमा बन्नेछ अपराध अभिलेख ब्यूरो, आयुक्तले दिए निर्देश
कोलकाता पुलिसको हरेक डिभीजनमा बन्नेछ अपराध अभिलेख ब्यूरो, आयुक्तले दिए निर्देश


कोलकाता, 12 अगस्त (हि. स.)। पुलिसको डिजिटल व्यवस्थालाई अझ् बलियो एवं प्रभावकारी बनाउनको लागि कोलकाता पुलिसको प्रत्येक डिभीजनमा अब ‘डिभीजनल क्राइम रिकर्ड्स ब्यूरो’ (डीसीआरबी) बनाइनेछ। गए मङ्गलवार कोलकाता पुलिस आयुक्त अजय नन्दले यस सम्बन्धमा निर्देश जारी गरे। मुख्य रूपमा ‘इन्टरअपरेबल क्रिमिनल जस्टिस सिस्टम’ (आईसीजेएस) अन्तर्गत पुलिसको डिजिटल व्यवस्थालाई मजबुत एवं प्रभावकारी बनाउने उद्देश्यले यो निर्णय लिइएको हो।

आईसीजेएसको मुख्य उद्देश्य पुलिस, अदालत, अभियोजन, फोरेन्सिक विज्ञान प्रयोगशाला, चिकित्सा संस्थान औ सुधारगृहहरूबीच डिजिटल माध्यमबाट सूचनाहरूको आदान-प्रदान औ समन्वयलाई अधिक तीव्र तथा सठीक बनाउनु हो। डीसीआरबीले अपराध अभिलेख अनुभाग, राज्य अपराध अभिलेख ब्यूरो, कोलकाता पुलिसका अन्य एकाइ औ आपराधिक न्याय प्रणालीबाट नियमित सम्पर्क कायम राख्नेछ। आवश्यकता परे रिपोर्ट पुलिस मुख्यालयलाई पठाइनेछ।

प्रत्येक डीसीआरबीमा उपनिरीक्षक, सहायक उपनिरीक्षक औ कन्स्टेबल समेत लगभग आठ जना पुलिसकर्मीहरूलाई तैनाथ गरिनेछ। यसबाट विभिन्न आपराधिक मामिलाहरूसित सम्बन्धित अभिलेख एवं सूचनाहरूको डिजिटल प्रबन्धन तथा त्यसको आदान-प्रदानलाई अधिक व्यवस्थित बनाउनुमा मद्दत मिल्नेछ।

हिन्दुस्थान समाचार / उष्णता छेत्री शर्मा


 rajesh pande