खरसाङमा लोक अप भ्यान दुर्घटना हुँदा धेरैजना घाइते
खरसाङमा लोक अप भ्यान दुर्घटना हुँदा धेरैजना घाइते


खरसाङ, 12 अगस्त (हि.स.)। खरसाङमा एउटा पिक अप भ्यान दुर्घटना हुँदा धेरैजना घाइते भएका छन्। खरसाङ बजारबाट मलामी गएर फर्किने क्रममा दुर्घटना भएको हो।

प्राप्त जानकारी अनुसार, दिउँसो खरसाङको नयाँ बस्तीस्थित मुर्दाहट्टीबाट खरसाङ बजार झर्ने क्रममा हनुमान डाँडा र नयाँ बस्ती जाने रोडदेखि केही मुन्तिर गोलाईमा पिक अप भ्यान दुर्घटना भएको हो। दुर्हुँघटनामा 15-16 जना घाइते भएका छन्। घाईतेहरुलाई प्राथमिक उपचारको लागि खरसाङ महकुमा अस्पतालमा पुर्याइयो। गम्भीर रुपमा‌ घाइते 3-4 जनालाई प्रथमिक उपचारपछि सिलगढी लगिएको छ। धेरैलाई खरसाङ महकुमा अस्पतालमा प्राथमिक उपचारपछि छुट्टी दिइएको बताइएको छ। घाइतेहरुलाई खरसाङ महकुमा अस्पतालमा उपचारको लागि ल्याउंदा घाइतेहरुका आफान्तजन र वरिपरिका मानिसहरूको ठूलो घुइँचो लागेको थियो। दुर्घटनाग्रस्त पिक अप भ्यानलाई रिकभरी भ्यानको सहयोगमा लगिएको जानकारी प्राप्त भएको छ।

---------------

हिन्दुस्थान समाचार / हनोक


 rajesh pande