अण्डाल एयरपोर्टदेखि दक्षिण भारतका लागि अधिक उड़ान सेवाहरूको माग
अण्डाल एयरपोर्टदेखि दक्षिण भारतका लागि अधिक उड़ान सेवाहरूको माग


पश्चिम बर्दवान, 12 अगस्त (हि.स.)। पश्चिम बर्दवान सहित सारा दक्षिण बङ्गालमा सञ्चार, व्यापार-वाणिज्य, उद्योग औ पर्यटनलाई प्रोत्साहित गर्ने उद्देश्यले आसनसोल उत्तर विधानसभा क्षेत्रका विधायक कृष्णेन्दु मुखर्जीले अण्डालस्थित काजी नजरुल इस्लाम एयरपोर्टबाट अधिक उड़ान सेवाहरू शुरू गर्ने माग उठाएका छन्।

गए मङ्गलवार राति मुख्यमन्त्री शुभेन्दु अधिकारी काजी नजरुल इस्लाम एयरपोर्ट, अण्डालमा आइपुग्दा आसनसोल उत्तरका विधायक कृष्णेन्दु मुखर्जी सहित केही भाजपा नेता औ जनप्रतिनिधिहरू मुख्यमन्त्रीलाई स्वागत गर्नका लागि एयरपोर्टमा पुगेका थिए। दुर्गापुर पूर्वका विधायक चन्द्रशेखर बन्द्योपाध्याय, महिला नेत्री काकोली घोष औ आशा शर्मा समेत अन्य व्यक्तित्वहरू पनि उपस्थित थिए।

मुख्यमन्त्रीसित भएको भेटमा विधायक कृष्णेन्दु मुखर्जीले अण्डाल एयरपोर्टदेखि दक्षिण भारतका विभिन्न शहरहरूका लागि उड़ान सेवाहरूलाई विस्तार गर्ने माग राखे। उनले भने, पश्चिम बर्दवान र दक्षिण बङ्गालका मानिसहरूलाई श्रेष्ठ हवाई सम्पर्क प्राप्त भए व्यापार, उद्योग, शिक्षा, चिकित्सा, पर्यटन औं रोजगारको क्षेत्रमा नयाँ अवसर उत्पन्न हुनेछ।

विधायकले मुख्यमन्त्री समक्ष अण्डाल एयरपोर्टबाट अधिक सङख्यामा नियमित उड़ानहरू शरू गर्ने आवश्यकतामाथि बल दिए। विशेष गरी दक्षिण भारतका प्रमुख शहरहरूसित सोझै हवाई सम्पर्क बढ़ाउनाले यस सम्पूर्ण औद्योगिक क्षेत्रले ठूलो लाभ पाउने आशा छ।

कृष्णेन्दु मुखर्जीको मागमा मुख्यमन्त्री शुभेन्दु अधिकारीले पनि सकारात्मक व्यवहार देखाउँदैै सम्बन्धित जिल्लाधिकारीलाई यस सम्बन्धमा आवश्यक जानकारी लिने अनि अग्रिम कारबाही गर्ने निर्देश दिए।

हिन्दुस्थान समाचार / उष्णता छेत्री शर्मा


 rajesh pande