मणिपुरमा सुरक्षा बलहरूको कारबाही, केही उग्रवादी क्याडर पक्राउ, हतियार तथा हेरोइन जफत
मणिपुरमा सुरक्षा बलहरूको कारबाही, केही उग्रवादी क्याडर पक्राउ, हतियार तथा हेरोइन जफत


इम्फाल, 12 अगस्त (हि.स.)। मणिपुरमा सुरक्षा बल औ जिल्ला पुलिसले बितेको 24 घण्टाभित्रमा विभिन्न जिल्लाहरूमा सञ्चालित भिन्न-भिन्न अभियानहरूमा प्रतिबन्धित उग्रवादी सङ्गठनहरूका केही सक्रिय क्याडरहरूलाई पक्राउ गरेको छ। अभियानमा हतियार, गोला-बारूद, सञ्चार उपकरण औ संदिग्ध हेरोइन पनि जफत गरियो।

राज्य पुलिस मुख्यालयबाट बुधवार प्राप्त जानकारी अनुसार सुरक्षा बलहरूले गए 11 अगस्तको दिन काकचिङ्ग जिल्लाको वैखोङ्ग थाना अन्तर्गत वैखोङ्ग निङ्गथौ मनई क्षेत्रबाट आरपीएफ/पीएलएका सक्रिय क्याडर सनासम अमुमाचा सिंह उपनाम सोलोमन (46)-लाई पक्राउ गरे। यसै दिन थौबल जिल्लाको खोङ्गजोम थाना क्षेत्रबाट यूपीपीकेका एकजना सक्रिय क्याडरलाई पनि पक्राउ गरियो। काकचिङ्ग जिल्लाको हियाङ्गलाम मााई लिकाई निवासी आरोपी नाबालिक रहेको छ।

इम्फाल पूर्वी जिल्लामा पोरमपत थाना क्षेत्रबाट केसीपी (अपुनबा)- का सक्रिय क्याडर वाकङ्बम राहुल मैतेई उपनाम थेनाओ (27) तथा खुराई लैशराम लीकाईबाट यूएनएलएफ (कोइरेङ्ग)- का सक्रिय क्याडर मोइराङ्गथेम रिकी सिंह उपनाम अचाङ्गबा उपनाम नाओचा (19)-लाई पक्राउ गरियो।

साइबर अपराध पुलिस थाना, मणिपुरले बिष्णुपुर जिल्लाको मोइराङ्ग खुनौ ममाङ्ग सबाल निवासी लैरशाम मङ्गिबाबू सिंह (50)-लाई पनि पक्राउ गऱ्यो। पुलिसानुसार आरोपीमाथि आपत्तिजनक तस्वीरहरू फेसबुकमा अपलोड तथा प्रसारित गरेको अनि अपमानजनक टिप्पणी गरेको आरोप छ। उसको कब्जाबाट सिम कार्डसितै एउटा मोबाइल फोन जफत गरिएको छ। मामिलाको जाँच जारी छ।

विष्णुपुर जिल्ला पुलिसले नियमित जाँचमा मोइराङ्ग ओकशोङ्गबुङ्गमा क्वाक्ता वार्ड नम्बर-3 निवासी मोहम्मद फिरोज खान (41)-लाई पक्राउ गऱ्यो। उसको कब्जाबाट दश बटा साबुनदानीमा लुकाएर राखिएको लगभग 122 ग्राम संदिग्ध हेरोइनलाई जफत गरियो।

एक अन्य अभियानमा गए 11 अगस्तको दिन विष्णुपुर जिल्ला पुलिस र केन्द्रिय सुरक्षा बलहरूले चुराचाँदपुर जिल्ला पुलिसको सहायताले चुराचाँदपुरदेखि इम्फाल गइरहेको स्कर्पियोलाई रोकेर जाँच गरे जसमा नौ वटा साबुनदानीमा लुकाएर राखिएको लगभग 96 ग्राम हेरोइन जफत गरियो। पुलिसले मोहम्मद अब्दुर रहमान (29) र मोहम्मद सरूक खान (24)-लाई पक्राउ गरेको छ भने यिनीहरूबाट दुई वटा मोबाइल फोन र वाहन पनि जफत गरिएको छ।

यसअघि मफौ कुकी गाउँमा 8 बिहार रेजिमेन्ट औ थौबल ड्याम थाना पुलिसको संयुक्त अभियानमा दुई नम्बर-36 हतगोला, एउटा स्टन ग्रेनेड, एउटा 7.65 एमएम पिस्तोल, म्यागजिन, चार वटा जिउँदो कारतूस, एउटा खाली कारतूस, चार्जर एवं एउटा वकी-टकी जफत गरिएको थियो।

यसै क्रममा बितेको 11 अगस्तमा काकचिङ्ग जिल्लाको हियाङ्गलाम थाना क्षेत्रको वाबागाई तुरेनमामेईमा खोजी अभियान अवधि एउटा .303 राइफल, एउटा 9 एमएम पिस्तोल, तीन वटा सिङ्गल ब्यारल बन्दुक, तीन वटा कार्बाइन, एउटा 51 एमएम मोर्टर बम, तीन वटा ट्यूब लन्चिङ्ग उपकरण, दुई वटा हतगोला, विभिन्न क्यालिबरका 18 वटा जिँदो कारतूस, इंसास राइफलको सङ्गीन, सैन्य वर्दी, बुलेटप्रूफ प्लेट, कभर औ सञ्चार उपकरण सहित अन्य वस्तु जफत गरियो।

हिन्दुस्थान समाचार / उष्णता छेत्री शर्मा


 rajesh pande