
हुगली, 12 अगस्त (हि.स.)। प्राकृतिक आपदा, विशेष गरी बाढ़ीको स्थितिमा मानिसहरूलाई सुरक्षित राख्ने औ आपातकालीन परिस्थितिको सामना गर्नेप्रति जागरूकता बढ़ाउने उद्देश्यले बुधवार खानाकुलका पूर्व ठाकुरानिचक रवीन्द्र विद्यायतनमा विशेष मक ड्रिल आयोजना गरियो।
यस अवधि विद्यालयका विद्यार्थीहरूसितै स्थानीय ग्रामीणहरूलाई पनि बाढ़ीको स्थितिमा अप्नाउनु पर्ने सतर्कता तथा आवश्यक कदमहरूको बारेमा प्रशिक्षण दिइयो। आपदा प्रबन्धन विभागका कर्मचारीहरूले द्वारकेश्वर नदीमा पसेर बचाउ एवं राहत कार्यहरूका विभिन्न उपायहरूको व्यवहारिक प्रदर्शन गरे।
प्रशिक्षणको क्रममा आपदाको स्थितिमा तत्काल निर्णय लिने, सुरक्षित स्थानमा जाने तथा बचाउ दलसित समन्वय कायम राख्ने बारेमा पनि मानिसहरूलाई जानकारी दिइयो। अधिकारीहरूले बताए, आपत स्थितिमा डराउनको सट्टा संयम अप्नाउँदै सही कदम उठाउन आवश्यक छ।
कार्यक्रममा आरामबाग एसडीओ रवि कुमार, खानाकुल-1 ब्लककी बीडीओ अदिति गाङ्गुली, खानाकुल बीएमओएच रक्तिम च्याटर्जी तथा ठाकुरानिचक ग्राम पञ्चायतको प्रधान रामकृष्ण माइती सहित प्रशासनका विभिन्न अधिकारी उपस्थित थिए। यस अतिरिक्त बिजुली विभाग, दमकल विभाग, पुलिस औ प्रशासनका विभिन्न स्तरहरूका प्रतिनिधिहरूले पनि मक ड्रिलमा भाग लिए।
हिन्दुस्थान समाचार / उष्णता छेत्री शर्मा