रोगीहरूको सुरक्षालाई लिएर एनबीएमसीएचको ठूलो कदम,फार्माकोभिजिलेन्स कमिटी बनाइने
रोगीहरूको सुरक्षालाई लिएर एनबीएमसीएचको ठूलो कदम,फार्माकोभिजिलेन्स कमिटी बनाइने


सिलगढ़ी, 12 अगस्त (हि. स.)। उत्तर बङ्गाल मेडिकल कलेज एवं अस्पताल (एनबीएमसीएच)-मा रोगीहरूको सुरक्षा तथा उपचारको गुणस्तर सुनिश्चित गर्नको लागि चाँड़ै नै फार्माकोभिजिलेन्स कमिटी गठन गरिनेछ। अस्पतालमा रोगीहरूलाई दिइने औषधि तथा इन्जेक्शनको मात्रा, सम्भावित ओभरडोज एवं औषधिहरूबाट हुने साइड इफेक्टमाथि यो कमिटीले नजर राख्नेछ। अस्पतालमा उपचार गर्ने क्रममा आवश्यकताभन्दा अधिक औषधि वा इन्जेक्सन दिने, महँगो जाँच गराउने तथा आवश्यकताभन्दा अधिक महँगो औषधि लेख्ने जस्ता सिकायतहरू समय-समयमा आइरहेका छन्। त्यसैले मामिलाको निगरानी राख्न अनि रोगीहरूलाई अनावश्यक जोखिमदेखि बचाउने उद्देश्यले यो पहल गरिँदैछ।

अस्पतालका अधीक्षक डा. कौशिक ईश्वरले बताए, सरकारी दिशानिर्देश अनुसार चाँड़ै नै कमिटी गठन गरिनेछ। एनबीएमसीएचको ओपीडीमा प्रतिदिन लगभग चार हजार रोगीहरू उपचारका निम्ति आउने गर्दछन् भने लगभग एक हजार दुई सय रोगीहरूले इण्डोरमा भर्ती भएर उपचार लिने गर्दछन्। अब यी रोगीहरूलाई दिइने औषधि एवं इन्जेक्शनको मात्रा तथा त्यसको सम्भाविति दुष्परिणाममाथि नियमित निगरानी राखिनेछ।

प्रस्तावित कमिटीमा मेडिकल कलेजका प्राचार्य औ अस्पताल अधीक्षक अतिरिक्त मेडिसिन, पीडियाट्रिक्स, फार्माकोलोजी समेत विभिन्न विभागीय प्रमुखहरूलाई सामेल गरिनेछ। कमिटीका सदस्यहरूले इण्डोर रोगीहरूको प्रिस्क्रिप्शनको समीक्षा गर्नेछन् भने आउटडोर विभागमा सरप्राइज भिजिट गरेर जुटाइएको जानकारीको विश्लेषण गरिनेछ।

मेडिकल कलेज सूत्र अनुसार केही मामिलाहरूमा रोगीहरूको उपचारको लागि हाई-डोज-इन्जेक्शन तथा एन्टीबायोटिक प्रयोग गरिन्छ। यस स्थितिमा औषधिहरूको सही मात्रा सुनिश्चित गर्नु र त्यसको कारणले हुने सम्भावित साइड इफेक्टलाई समयमै चिन्हित गर्न अत्यन्त आवश्यक छ। कुनै औषधि वा इन्जेक्शन उपयोग गरेपछि रोगीहरूमा विषाक्तता तथा प्रतिकूल प्रतिक्रिया देखिएपछि कमिटीले तत्काल सीक्षा गरी आवश्यक कदम उठाउनेछ।

यस अतिरिक्त कमिटीले जूनियर डाक्टर अनि नर्सिङ्ग कर्मचारीहरूलाई औषधि एवं इन्जेक्शनको सही प्रयोग,निर्धारित मात्रा र आवश्यक सतर्कता अप्नाउनुपर्ने विषयमा नियमित प्रशिक्षण तथा परामर्श पनि दिनेछ।

मेडिकल कलेज प्रशासनको मान्यता छ, यसबाट औषधिहरूको गलत वा अत्यधिक उपयोग एवं ओभरडोजको जोखिमलाई कम गर्नमा सहयोग पुग्नेछ।एनबीएमसीएचमा व्यापक रूपमा इन्टर्न तथा हाउस स्टाफको माध्यमबाट रोगीहरूलाई चिकित्सा सेवा प्रदान गरिन्छ। त्यसैले औषधिहरूको उपयोगलाई लिएर निगरानी अनि प्रशिक्षण व्यवस्थालाई मजबुत बनाउनु रोगीहरूको सुरक्षाको लागि महत्वपूर्ण मानिँदैछ।

हिन्दुस्थान समाचार / उष्णता छेत्री शर्मा


 rajesh pande