मेट्रो लाइनको छेउमा चङ्गा उड़ाउनदेखि बचौं, ज्यानमारा हुनसक्छ मञ्जा
मेट्रो लाइनको छेउमा चङ्गा उड़ाउनदेखि बचौं, ज्यानमारा हुनसक्छ मञ्जा


नयाँ दिल्ली, 12 अगस्त (हि.स.)। स्वतन्त्रता दिवसको छेउछावमा दिल्ली-एनसीआरमा चङ्गा उड़ाउने उत्साह बढ़्छ। त्यसैले दिल्ली मेट्रो रेल कर्पोरेशन (डीएमआरसी)-ले मानिसहरूसित मेट्रोका एलिभेटेड लाइनहरूको वरिपरी चङ्गा नउड़ाउने अपील गरेको छ। डीएमआरसीले चेताउनी दिएको छ, मेट्रोको बिजुली लाइनको सम्पर्कमा पऱ्यो भने ज्यानमारा दुर्घटना हुनसक्छ। विशेष गरी धातु भएको म़ञ्जा भएको चङ्गा उड़ाउनेहरूको लागि खतरा अधिक छ।

डीएमआरसी मुताविक दिल्ली-एनसीआरमा मेट्रोको नेटवर्क लगभग 416 किलोमीटर लामो छ र यसको ठूलो भाग एलिभेटेड छ। मेट्रो ट्रेनहरूलाई बिजुली दिनको लागि लिकको समानान्तर 25 हजार भोल्टको ओभरहेड इक्विपमेन्ट (ओएचई) लाइन छ। पतङ्गको डोरी यी तारहरूमा फस्नाले वा गुड़िरहेको ट्रेनको पेन्टोग्राफमा अल्झिनाले ओएचई ट्रिपिङ्ग हुनसक्छ। यसबाट मेट्रो सेवा प्रभावित हुनको साथै ट्रेनको प्यान्टोग्राफ र बिजुली आपूर्ति व्यवस्थालाई पनि नोक्सान पुग्नसक्छ।

डीएमआरसीले भने, ओएचईको सोझै वा अप्रत्यक्ष सम्पर्क पऱ्यो भने व्यक्तिको ज्यान पनि जानसक्छ। त्यसैले मानिसहरूलाई मेट्रो लाइनदेखि टाड़ा खुल्ला ठाउँमा पतङ्ग उड़ाउने सल्लाह दिइएको छ।

हिन्दुस्थान समाचार / उष्णता छेत्री शर्मा


 rajesh pande