
गुवाहाटी, 12 अगस्त (हि.स.)। प्राइड इस्ट ग्रुपले विद्यार्थीहरूको उज्जवल भविष्य तथा बाढ़ी प्रभावित विद्यालयहरूलाई पुनर्वास गर्ने उद्देश्यले माथिल्लो असमका नाजिरा र डिमौ विधानसभा क्षेत्रका 20 वटा बाढ़ी प्रभावित स्कूलहरूलाई एक करोड़ रुपियाँको आर्थिक सहायता प्रदान गरेको छ।
प्राइड इस्ट एन्टरटेनमेन्ट्स प्राइभेट लिमिटेडकी सीएमडी तथा मुख्यमन्त्री डा. हिमन्त बिस्व सरमाकी अर्धाङ्गिनी रिनिकी भुइयाँ शर्माले नाजिरा विधानसभा क्षेत्रका 15 वटा बाढ़ी प्रभावित स्कूलहरूलाई पाँच-पाँच लाख रुपियाँको चेक प्रदान गरिन् भने डिमौ विधानसभा क्षेत्रकाँ पाँच वटा बाढ़ी प्रभावित स्कूलहरूलाई पनि पाँच-पाँच लाख रुपियाँको आर्थिक सहायता दिइयो।
यस पहलको उद्देश्य बाढ़ी प्रभावित विद्यालयहरूलाई आवश्यक सुविधा बहाली गर्नमा मद्दत गर्नु अनि विद्यार्थीहरूको पढ़ाईलाई कुनै प्रकारको बाधा हुन नदिनु हो।
कार्यक्रममा राजस्व मन्त्री केशव महन्त, जल संसाधन मन्त्री सुशान्त बरगोहाईं तथा प्राइड इईस्ट ग्रुपका उपाध्यक्ष (मीडिया) सैयद जारिर हुसैन सहित अन्य गण्यमान्य मानिसहरू उपस्थित थिए।
हिन्दुस्थान समाचार / उष्णता छेत्री शर्मा