
कोलकाता, 12 अगस्त (हि.स.)। मुख्यमन्त्री शुभेन्दु अधिकारीले बुधवार आद्यापीठमा भने, आर.जी. कर मेडिकल कलेज अस्पतालमा भएको दुष्कर्म एवं हत्या जस्ता घटनाहरूदेखि समाजलाई बचाउनको लागि धार्मिक एवं आध्यात्मिक जागरण आवश्यक छ। उनले भने, मानिसहरूमा पापबोध तथा राम्रो-नराम्रो विवेकलाई जगाउनको लागि गीताको अध्ययन गराउनुपर्छ।
मुख्यमन्त्रीले भने, विवेगशील तथा जिम्मेवार मानिस बन्नको लागि धार्मिक तथा आध्यात्मिक चेतनाको खाँचो छ। यसबाट मानिसहरूमा पापको बोध हुन्छ अनि गलत कार्यहरूदेखि टाड़ा बस्ने प्रयास गर्दछ। उनले भने, आर.जी. कर जस्तो घटनालाई रोक्नको लागि मानिसहरूलाई गीता पढ़ाउनुपर्छ तथा उनीहरूको आध्यात्मिक जागरण गराउनुपर्छ।
उनले भगवा रङ्गको महत्वमाथि पनि प्रकाश पार्दै भने, भगवा केवल धर्म वा राजनीतिको रङ्ग होइन। यो शौर्य, त्याग, कर्तव्य, तपस्या औ संयमको प्रतीक हो। समाजमा यी मूल्यहरूलाई स्थापित गर्न आवश्यक छ।
मुख्यमन्त्रीले भने, पश्चिम बङ्गाल केवल संस्कृतिको राजधानी होइन, आध्यात्मिकताको पनि राजधानी हो। अनेकौं महान सन्त र मनीषिहरूले यस भूमिमा जन्म लिएर आध्यात्मिक जागरणको सन्देश दिएका छन्।
उनले भने, निधारमा चन्दन लगाएर मात्र हुँदैन। धार्मिक अनि आध्यात्मिक संस्थाहरूलाई मजबत तथा त्यसको विकासको लागि प्रयास गर्नुपर्छ।
मुख्यमन्त्रीले आद्यापीठको विकासमा सहयोग गर्ने आश्वासन दिए। उनले भने, आद्यापीठका महाराजले उनलाई बताएका छन्, यहाँका शिक्षण संस्थानहरूले आर्थिक कठिनाइको सामना गरिरहेका छन्। उनले भने, संस्थाहरूको लागि जे सम्भव हुन्छ, त्यो गर्नुपर्छ। साथै उनले भने, कम बोल्नु र अधिक काम गर्नुपर्छ।
हिन्दुस्थान समाचार / उष्णता छेत्री शर्मा