राजगञ्जका दुई पञ्चायतमा तृणमूललाई झट्का, भाजपाले सम्हाल्यो प्रधान र उपप्रधानको पद
राजगञ्जका दुई पञ्चायतमा तृणमूललाई झट्का, भाजपाले सम्हाल्यो प्रधान र उपप्रधानको पद


जलपाईगुड़ी, 12 अगस्त (हि.स.)। जिल्लाको राजगञ्जमा तृणमूल कङ्ग्रेसलाई ठूलो झट्का लागेको छ। सुखानी र मझियाली ग्राम पञ्चायतका प्रधान अनि उपप्रधानको पद भारतीय जनता पार्टी (भाजपा)- को झोलीमा पुगेकोछ। बुधवार बोर्ड गठन भएपछि दुवै पञ्चायतमा भाजपाका प्रतिनिधिहरूले जिम्मेवारी सम्हाले।

सुखानी ग्राम पञ्चायतमा भाजपाका उत्तम राय प्रधानलाई औ सबिता विश्वासलाई उपप्रधान चुनियो। वर्ष 2023- को पञ्चायत चुनाउमा यहाँका 21 वटा सीटमध्ये 18 वटा सीटमा तृणमूल कङ्ग्रेस अनि तीनमा भाजपाले कब्जा गरेको थियो। तथापि बुधवार बोर्ड गठनमा भाजपा प्रधान र उपप्रधानको पद हासिल गर्नमा सफल रह्यो। बैठकमा 16 जना सदस्यहरू उपस्थित थिए जसमा 13 जना तृणमूल कङ्ग्रेसका सदस्यहरू थिए।

यसरी नै माझियाली ग्राम पञ्चायतमा पनि तृणमूल कङ्ग्रेसलाई सत्ता गुमाउनु पऱ्यो। यहाँको 19 वटा सीटमा तृणमूल कङ्ग्रेसका 12 जना, भाजपाका 6 जना अनि माकपाका एक जना सदस्य छन्। बोर्ड गठनमा तृणमूलका 12 र भाजपाका 6 जना सदस्य उपस्थित थिए। तथापि प्रधान र उपप्रधान पद भाजपाका प्रतिनिधिहरूले पाए। यहाँ सुग्रीव राय प्रधान र रिङ्कु घोरामी राय उपप्रधान भए।

भनिन्छ, राज्यको राजनीतिक समीकरण परिवर्तन भएपछि पछिल्लो जून महिनामा सुखानी र माझियाली दुवै ग्राम पञ्चायतका तृणमूल कङ्ग्रेसका प्रधानहरूले राजीनामा दिएका थिए। त्यसपछि दुवै पञ्चायतमा नयाँ शिराबाट बोर्ड गठन प्रक्रिया शुरू भयो।

हिन्दुस्थान समाचार / उष्णता छेत्री शर्मा


 rajesh pande