
कोलकाता, 12 अगस्त (हि.स.)। मुख्यमन्त्री शुभेन्दु अधिकारीले बुधवार विधानसभामा पश्चिम बङ्गालका सबै विधानसभा सीटहरूमा विधायक सेवा केन्द्र खोल्नको साथै त्यसको सञ्चालनको लागि आर्थिक सहायता दिने घोषणा गरेका छन्। यी सेवा केन्द्रहरूको नाम ‘नेताजी सुभाषचन्द्र बोस सेवा केन्द्र’ राख्न अनिवार्य हुनेछ। राज्यसरकारले यस्ता केन्द्रहरूलाई सञ्चालन गर्नको लागि हरेक महिना 30 हजार रुपियाँ आर्थिक सहयोग दिनेछ।
मुख्यमन्त्रीले भने, सेवा केन्द्रहरूको लागि केही शर्तहरू पनि राखिएको छ। सेवा केन्द्रको नाम नेताजी सुभाषचन्द्र बोसको नाममा राख्नुपर्छ। यस अतिरिक्त राज्यको सूचना एवं संस्कृति विभागद्वारा नेताजीको धोती-पञ्जाबी लगाएको तस्वीर उपलब्ध गराउनेछ अनि त्यस तस्वीरलाी सेवा केन्द्रमा राख्न अनिवार्य छ।
विधानसभाको विशेष अधिवेशनमा यस सम्बन्धमा शुभेन्दु अधिकारीले भने, यो प्रस्ताव वा शर्त, जे पनि भनिन्छ, त्यसको लागि विधानसभा अध्यक्षले मामिलालाई हेर्नुपर्छ। उनले भने, निर्धारित शर्तहरूलाई पालन गऱ्यो भने मात्र सेवा केन्द्रहरूलाई आर्थिक सहायता दिइनेछ।
उनले बताए, राज्यको विधानसभा अधिवेशनमा वित्तमन्त्री स्वप्न दास गुप्ताको माध्यमबाट सम्बन्धित प्रावधानमा संशोधन गराइनेछ। त्यसपछि सहायता राशि प्राप्त हुन थाल्नेछ। प्रस्ताव अनुसार अगस्त महिनादेखि हरेक महिना 30 हजार रुपियाँको राशि दिइने योजना छ।
सरकारको भनाइ छ, विधायक सेवा केन्द्रहरूको माध्यमबाट आम मानिसहरूलाई स्थानीयस्तरमा सरकारी योजना, दस्तावेज तथा विभिन्न नागरिक सेवाहहरूसित सम्बन्धित सहायता उपलब्ध गराउनमा सुविधा हुनेछ। पार्टी लाइनदेखि माथि उक्लेर जो पनि सेवा केन्द्रमा मद्दत माग्नको लागि आउँछ, उनीहरूलाई पनि सहायता दिनुपर्छ।
हिन्दुस्थान समाचार / उष्णता छेत्री शर्मा