धनियाखालीमा रङ्गदारी, धम्की तथा कुटपिट गरेको आरोपमा तृणमूल नेता पक्राउ
धनियाखालीमा रङ्गदारी, धम्की तथा कुटपिट गरेको आरोपमा तृणमूल नेता पक्राउ


हुगली, 12 अगस्त (हि.स.)। रङ्गदारी असुली, धमकी दिएको तथा कुटपिट गरेको आरोपमा धनियाखाली पुलिसले बुधवार तृणमूल नेता सौमेन पाल उपनाम पोटललाई पक्राउ गरेको छ। उनलाई धनियाखालीकी विधायक असिमा पात्रको निकटवर्ती रहेको बताइन्छ।

पुलिस सूत्र अनुसार सौमेन पालविरूद्ध रङ्गदारी असुली, धम्की दिएको औ कुटपिट गरेको आरोपमा लगाइएको थियो। सिकायतको आधारमा पुलिसले जाँच शुरू गरेपछि उनलाई पक्राउ गरेको हो। बुधवार उनलाई चन्दन नगर अदालतमा पेश गरियो।

पक्राउको खबर सार्वजनिक भएपछि धनियाखालीको राजनीतिक गल्लीहरूमा खैलाबैला मचिएको छ। पुलिसले आरोपहरूको सत्यताको जाँच गरिरहेको छ। साथै घटनामा कुनै अन्य व्यक्ति संलिप्त छ कि छन,यसको पनि जाँच गरिरहेको छ।

हिन्दुस्थान समाचार / उष्णता छेत्री शर्मा


 rajesh pande