
कोलकाता, 12 अगस्त (हि.स.)। पश्चिम बङ्गालका मुख्यमन्त्री शुभेन्दु अधिकारीले पूर्व विधायकहरूको चिकित्सा भत्ता बढ़ाउने घोषणा ग रेका छन्। बुधवार विधानसभामा उनले बताए, पूर्व विधायकहरूलाई अब चिकित्सा खर्चको लागि हरेक महिना 6 हजार रुपियाँको सट्टा 10 हजार रुपियाँ दिइनेछ। यो फसेला अगस्त महिनादेखि लागू हुनेछ। यसको लागि आगामी विधानसभा सत्रमा आवश्यक कानूनी संशोधन गरिनेछ भने पूर्व विधायकहरूले बढ़ेको बाँकी रुपियाँ पनि पाउनेछन्।
मुख्यमन्त्रीले भने, पछिल्लो सरकारले पूर्व विधायकहरूको आर्थिक सुरक्षामाथि पर्याप्त ध्यान दिएन। उनले भने, केही विधायकहरूले आफ्नो कार्यकाल अवधि निष्ठा अनि इमानदारीको साथमा काम गरेको भए पनि सेवानिवृत्तिपछि उनीहरूको आर्थिक स्थिति राम्रो छैन।
उनले उदाहरण दिँदै भने, महिषादलका पूर्व विधायक दीनबन्धु बाबू अहिले पनि बजारमा किनमेल गर्नका लागि साइकलमा जान्छन्। यसरी नै पूर्व विधायक सुभाष नस्करले आज पनि रेलवे स्टेशनमा बसेर मानिसहरूसित बातचित गर्दछन् अनि वरपरका बजारबाट किनमेल गर्दछन्। पूर्व विधायकहरूको यस्तो स्थितिलाई देखेर चिकित्सा भत्ता बढ़ाउने फसेला लिइएको हो।
हिन्दुस्थान समाचार / उष्णता छेत्री शर्मा