
खड़गपुर, 13 अगस्त (हि.स.)। पश्चिम मेदिनीपुर जिल्लाको खड़गपुरमा राष्ट्रिय राजमार्गमा बिहीवार भोर बिहान भएको भीषण सड़क दुर्घटनामा एकजना श्रमिकको मृत्यु भयो भने दश जना मानिसहरू घाइते भए। घाइतेहरूमा केहीको स्थिति गम्भीर रहेको बताइएको छ। दुर्घटना खड़गपुर स्थानीय थाना क्षेत्रको मादपुर घाट क्षेत्रमा राष्ट्रिय राजमार्गमा भएको हो।
लालगढ़बाट श्रमिकहरूलाई कामको लागि मादपुर लगिरहेको एउटा निजी वाहन बिहीवार सवेरै मादपर घाटको छेउमा पगेर दुर्घटनाग्रस्त भयो। यस अवधि मुसलधारे पानी परिरहेको छ। भनिन्छ, मोड़िने क्रममा चालकले नियन्त्रण गुमाेको कारणले वाहन सड़क बीचको डिभाइडरसित ठोक्कियो।
यस भयानक ठक्करमा वाहनमा सवार एकजना श्रमिकको घटनास्थलमै मृत्यु भयो। दुर्घटना लगभग 10 जना श्रमिकहरू घाइते भएका छन्।
घटनाको सूचना पाउनसाथ खड़गपुर स्थानीय थानाको पुलिस घटनास्थलमा पुग्यो। पुलिसले स्थानीय मानिसहरूको सहयोगमा घाइतेहरूलाई दुर्घटनाग्रस्त वाहनबाट बाहिर निकाल्यो अनि उपचारको निम्ति स्थानीय चिकित्सा केन्द्रमा पुऱ्यायो। पुलिसले दुर्घटनाग्रस्त वाहनलाी पनि घटनास्थलबाट हटाएर आफ्नो कब्जामा लिएको छ।
प्रारम्भिक जाँचमा तीव्र वर्षाको कारणले नियन्त्रण गुमाउनु नै दुर्घटनाको सम्भावित कारण मानिंदैछ। तथापि दुर्घटनाको वास्तविक कारण पत्तो लगाउनको लागि पुलिसले जाँच शुरू गरेको छ।
दुर्घटनापछि राष्ट्रिय राजमार्गमा केही समयसम्म मानिसहरूको घुइँचो लाग्यो। पुलिसले घटनास्थलमा पुगेर स्थितिलाई नियन्त्रण गरी यातायात व्यवस्थालाई सामान्य बनायो।
हिन्दुस्थान समाचार / उष्णता छेत्री शर्मा