असम र अरूणाचलको सम्बन्ध सीमासम्म मात्र सीमित छैनः मुख्यमन्त्री
असम र अरूणाचलको सम्बन्ध सीमासम्म मात्र सीमित छैनः मुख्यमन्त्री


गुवाहाटी, 13 अगस्त (हि.स.)। असम र अरुणाचल प्रदेशको सीमावर्ती धेमाजी जिल्लान्तर्गत गोगामुख क्षेत्रमा भर्खरै भएको गोलीकाण्डपछि दुवै राज्यका मानिसहरूमा व्यापक तनाउ फैलिएको छ। असमका मानिसहरूले घटनाको विरोधमा प्रदर्शन गर्दै घटनामा संलिप्त मानिसहरूविरूद्ध कड़ा कारबाही गर्ने माग गरिरहेका छन्। यस घटनामा लगभग एघार जना मानिसहरू घाइते भएको दाबी गरिँदैछ।

यस घटनालाई लिएर दुवै राज्य सरकारका शीर्ष नेतृत्वहरू सहित प्रशासनिक अधिकारीहरू लगातार एका-अर्काको सम्पर्कमा बसेर स्थितिलाई नियन्त्रण गर्नमा जुटेका छन्। दुवै राज्यका मुख्यमन्त्रीहरूले पनि सार्वजनिक रूपमा सन्देश जारी गरी मानिसहरूलाई शान्ति कायम राख्ने आह्वान गरिरहेका छन्।

यसै क्रममा बिहीवार सोशल मीडियामा एउटा पोस्ट साझा गर्दै मुख्यमन्त्री डा. हिमन्त बिस्व सरमाले भने, असम र अरूणाचल प्रदेशको सम्बन्ध सीमासम्म मात्र सीमित छैन। पूर्खौंदेखिको दुवै राज्यका मानिसहरू दाज्यु-भाइ तथा दिदी-बहिनी जस्तै प्रेम, आफ्नोपन तथा पारस्परिक सम्मानको साथमा एकसाथ बस्दै आइरहेका छन्।

हालका वर्षहरूमा हामी बातचित तथा मित्रताको माध्यमबाट हाम्रो सीमासित सम्बन्धित अधिकांश समस्याहरूलाई हल गर्न सक्षम भएका छौं। अब मात्र 52 वटा गाउँहरूको मामिला रहेको छ। दुवै सरकारले मित्रता अनि सौहार्दपूर्ण दृष्टिकोण राखेर बातचित जारी राख्नेछ साथै यस विवादलाई पूर्ण रूपले सुल्झाउनको लागि काम गर्नेछ।

सीमाले दुई राज्यको भौगोलिक स्थिति मात्र तय गर्छ, छिमेकीहरूको हृदयको सम्बन्धमा यसले कुनै प्रभाव पार्दैन। त्यसैले असम र अरूणाचलका मानिसहरूसित हामी शान्तिपूर्ण अनि सौहार्दपूर्ण रहन-सहनलाई कायम राख्ने साँचो अ्पील गर्दछौं।

हिन्दुस्थान समाचार / उष्णता छेत्री शर्मा


 rajesh pande