
गुवाहाटी, 13 अगस्त (हि.स.)। मुख्यमन्त्री डा. हिमन्त बिस्व सरमाले मणिपुरको स्वतन्त्रता सङ्ग्रामका महान स्वतन्त्रता सङ्ग्रामी शहीद टिकेन्द्रजीत सिंहको पुण्यतिथिमा स्मरण गर्दै उनलाई आफ्नो श्रद्धाञ्जली अर्पण गरेका छन्।
मुख्यमन्त्रीले सोशल मीडियाको माध्यमबाट एउटा पोस्ट शेयर गर्दै भनेका छन्, मणिपुरको स्वतन्त्रता सङ्ग्रामका महानायक, ब्रिटिश विरोधी सङ्ग्रामका एकजना प्रमुख नेता औ साहसी वीर थिए शहीद टिकेन्द्रजीत सिंह।
मणिपुर क्रान्तिको समयमा ब्रिटिश विरोधी आन्दोलनमा 'मणिपुरका सिंह' नामले प्रसिद्ध यस महान क्रान्तिकारीको त्याग अपार थियो। आफ्नो जीवनलाई तुच्छ ठानेर राष्ट्रको लागि स्वतन्त्रता आन्दोलनमा होमिने यस वीरको अदम्य साहस अनि वीरताले धेरै जनालाई स्वतन्त्रता आन्दोलनमा सक्रिय रूपमा भाग लिनका लागि प्रेरित गरे। देश आमाका लागि प्राण न्यौछावर गर्ने टिकेन्द्रजीत सिंहको बहादुरी तथा वीरता हरेक पिँढ़ीको लागि सम्मानको विषय भइरहनेछ।
हिन्दुस्थान समाचार / उष्णता छेत्री शर्मा