
गोलाघाट (असम), 13 अगस्त (हि.स.)। गोलाघाट जिल्लान्तर्गत बोकाखातमा राजाबारीको छेउमा नेशनल हाइवे-37 मा एलपीजी सिलेण्डर लिएर गइरहेको वाहन बितेको अबेर राती पेट्रोलियम उत्पादसित भरिएको एउटा ओयल ट्याङ्करसित ठोक्किएर आगो लाग्यो जसमा पेट्रोलियम उत्पादले भरिएको ट्याङ्कर पूर्ण रूपमा जलेर खरानीमा परिणत भयो।
भनिन्छ, यो दुर्घटना त्यसबेला भएको हो जतिबेला नुमलीगढ़ रिफाइनरीबाट आइरहेको ट्याङ्कर हाइवेमा एलपीजी वाहनसित ठोक्कियो।
ठक्करपछि ओयल ट्याङ्करमा आगो लाग्यो। यस घटनामा एलपीजी लिएर गइरहेको वाहन पनि आंशिक रूपमा क्षतिग्रस्त भएको छ। स्थानीय मानिसहरूको सूचना पाएर पुलिस, अग्निशमन एवं आपतकालीन सेवाका कर्मचारीहरू घटनास्थलमा पुगे अनि आगोलाई नियन्त्रण गरे।
यस घटनाको कारणले एनएच-37 मा यातायात पूर्ण रूपले बाधित भयो भने माथिलो तथा तल्लो असमबीच आवागमन गर्ने वाहनहरू लामो समयसम्म फसिरहे। अहिलेसम्म यस घटनामा कुनै पनि प्रकारको जनहानि भएको जानकारी प्राप्त भएको छैन। ठक्करको सही कारण अहिलेसम्म थाहा लागेको छैन।
हिन्दुस्थान समाचार / उष्णता छेत्री शर्मा