
कोलकाता, 13 अगस्त (हि.स.)। युवतीमाथि एसिड हमलाको मामिलामा बशिरहाटको तत्काल सुनवाई न्यायालयले तीन जना दोषीहरूाई आजीवन कारावासको सजाय सुनाएको छ। घटना भएको 19 महिनाभित्रै तीन जना आरोपीहरूलाई दोषी ठहर गर्दै अदालतले प्रत्येकमाथि 02 लाख 60 हजार रुपियाँको जरीमाना लगाएको छ। गए बुधवार अबेर राति बशिरहाट पुलिसको आधिकारिक पेजमा यस घटना तथा अदालतको फसेलालाई सार्वजनिक गरिएको छ।
जानकारी अनुसार 11 जनवरी, 2025-मा माटिया थाना क्षेत्रको चक फरासतपुर निकट यो घटना भएको थियो। आरोप छ, मोटर साइकलमा सवार उपद्रवीहरूले एकजना युवतीमाथि एसिडले हमला गरेका थिए। हमलामा युवती गम्भीर रूपमा घाइते भएकी थिई।
घटनापछि बशिरहाट निवासी हेजबुल गाजी (50), राजिबुल सरदार (31) औ शफिकुल सरदार (24) लाई पक्राउ गरिएको थियो।
बशिरहाट पुलिस जिल्लाको पुलिसले घटना घटेको तीन महिनाभित्रमा तीन जना आरोपीहरूविरूद्ध आरोप पत्र न्यायालमा दर्ता गरेको थियो। बशिरहाट तत्काल सुनवाई न्यायालय-द्वितीयले सुनवाई पूरा गर्दै तीनै जना आरोपीहरूलाई आजीवन कारावासको सजाय सुनायो। आरोप पत्र दर्ता भएको लगभग 16 महिनाभित्रमा अदालतले फसेला सुनाएको हो।
यस मामिलाको जाँच निरीक्षक पायल विश्वासको नेतृत्वमा भएको थियो। जाँच दलले मामिलाको तीव्र अनि सठीक ढङ्गमा जाँच गऱ्यो। सरकारी अधिवक्ता शेख शाहजहान मण्डलले अदालतमा अभियोजन पक्षबाट प्रभावकारी तर्क प्रस्तुत गरे। त्यसपछि न्यायालयले तीनै आरोपीहरूलाई दोषी ठहराउँदै सजाय सुनायो।
हिन्दुस्थान समाचार / उष्णता छेत्री शर्मा