
मेदिनीपुर, 13 अगस्त (हिस.)। पूर्व मेदिनीपुर जिल्लाके भूपति नगर थाना अधिनस्थ इटाबेड़िया क्षेत्रमा गए बुधवार राति एक उन्मत्त साँढ़ेको ताण्डवले व्यापक रूपमा आतङ्क फैलायो। साँढ़ेको हमलामा परी लगभग सात जना मानिसहरू घाइते भए जसमध्ये दुई जनाको अवस्थामा गम्भीर रहेको बताइँदैछ। दुवैलाई तमलुकस्थित एक निजी चिकित्सा केन्द्रमा भर्ती गरिएको छ भने अन्य पाँच जना घाइतेहरूलाई प्राथमिक उपचारपछि छुट्टि दिइयो।
प्रत्यक्षदर्शीहरू अनुसार अचानक साँढ़ले क्षेत्रमा ताण्डम मचाउन शुरू गऱ्यो। हेर्दा-हेर्दै त्यसले केही मानिसहरूमाथि हमला पनि गऱ्यो जसले गर्दा क्षणभरमै भागा-भाग तथा भयपूर्ण वातावरण सृजना भयो। साँढ़ेको हमलामा मानिसहरू घाइते भएपछि स्थानीय मानिसहरू भयभित भए। स्थितिलाई नियन्त्रण गर्नको लागि अन्ततः केही ग्रामीणहरूले साहस देखाएर साँढ़ीलाई नियन्त्रण गर्ने प्रयास गरे। धेरै प्रयास गरेपछि साँढ़ेलाई रूखमा बाँध्न सफल भयो।
स्थानीय भूपतिनगर थाना औ खण्ड पशु स्वास्थ्य अधिकारीको पक्षबाट हरसम्भव सहयोग गरियो। स्थानीय विधायकसित पनि सम्पर्क गरी वन विभागका अधिकारीहरूसित बातचित गरियो।
हिन्दुस्थान समाचार / उष्णता छेत्री शर्मा