
नोएडा, 13 अगस्त (हि.स.)। उत्तर प्रदेशको नोएडाको बादलपुर पुलिस थानामा एक जना व्यक्तिले आफ्नी 23 वर्षीया छोरीलाई उनका भाइको छोराले अश्लील भीडियो बनाएर र शोसल मीडियामा भाइरल गर्ने धम्की दिएर ब्ल्याकमेल गरेको आरोप लगाउँदै रिपोर्ट दर्ता गरेका छन्।
बादलपुर पुलिस थानाका प्रभारी विजय कुमार गुप्ताले हिजो राति एक जना व्यक्तिले रिपोर्ट दर्ता गराएका छन् कि उनकी 23 वर्षीया छोरी रूँदै उनीकहाँ आइन्। उसले पितालाई बताइन् कि उनका दाज्यू अभिषेकले अप्रेल महिनामा उनको अश्लील भीडियो बनाएका थिए। दश दिनअघि उनले युवतीको मोबाइल फोनको ह्वाट्सआपमा अश्लील भीडियो पठाए। त्यस समय उनले यसलाई हटाइन्। अहिले अभिषेकले उक्त भीडियोलाई सोशल मीडियामा भाइरल गराउने धम्की दिइरहेका छन् र उनलाई ब्ल्याकमेल गरिरहेका छन्। घटनामा मुद्दा दर्ता गरिएको र अनुसन्धान भइरहेको पुलिसले जानकारी गराएको छ।
हिन्दुस्थान समाचार / भवानी थामी