
कोलकाता, 13 अगस्त (हि.स.)। जनगणना 2027 को स्व-गणना चरणमा मानिसहरूलाई भाग लिने अपील पश्चिम बङ्गालका पञ्चायत एवं ग्रामीण विकास मन्त्री दिलीप घोषले गरेका छन्। बिहीवार बिहान साढ़े सात बजे सोशल मीडियामा जारी भिडियो सन्देशमा घोषले बताए, गत 01 अगस्तदेखि आगामी 15 अगस्तसम्म स्मार्टफोनको माध्यमबाट निर्धारित वेबसाइटमा गएर मानिसहरूले आफ्नो नाम र आवश्यक जानकारी आफै दर्ता गर्न सक्नेछन्।
दिलीप घोषले बताए, स्व-गणनाका लागि se.census.gov.in वेबसाइटलाई उपयोग गर्न सकिन्छ। यसको माध्यमबाट नागरिकहरूले आफूसित सम्बन्धित आवश्यक जानकारी जमा गर्न सक्नेछन्। त्यसपछि आगामी 16 अगस्तदेखि 14 सेप्टेम्बरबीच जनगणन कर्मीहरू घर-घरमा गएर रहल प्रक्रियालाई पूरा गर्नेछन्।
घोषले आफ्नो सन्देशमा भने, जनगणना गर्दा मानिसहरूद्वारा दिइएको जानकारीलाई पूर्ण रूपमा गोपनीय राखिनेछ। उनले आम जनतासित जनगणनामा सक्रिय रूपमा भाग लेिने आग्रह गरे।
उनले भने, जनगणनामा मानिसहरूको सहभागिता देशको भविष्यका विकास योजनाहरू तथा सरकारी योजनाहरूलाई अझ राम्रो योजना बनाउन अनि त्यसलाई अधिक प्रभावकारी ढङ्गमा लागू गर्नमा सहायक साबित हुनेछ। सही आँकड़ाको आधारमा विकासका प्राथमिकता तय गर्नमा पनि मद्दत पुग्नेछ।
दिलीप घोषले मानिसहरूसित जनगणनामा भाग लिएर देशको विकासमा सहयोग गर्ने आह्वान गर्दै अघि भने, सबैको सहयोगबाट ‘नयाँ भारत’ औ ‘नयाँ बङ्गाल’ बनाउने दिशामा अगाड़ि बढ़्न सकिन्छ।
हिन्दुस्थान समाचार / उष्णता छेत्री शर्मा