
गुवाहाटी, 13 अगस्त (हि.स.)। गुवाहाटी महानगरमा प्रतिबन्धित मादक पदार्थहरूको विरोधमा पुलिसले लगातार अभियान चलाइरहेको छ। सो अभियान अन्तर्गत विशेष सूचनाको आधारमा गड़चुक पुलिसले बोरागाउँ क्षेत्रमा प्रचुर मात्रामा ड्रग्स जफत गरेको छ।
पुलिसले एउटा ट्रक (एएस-01वीसी-1396)-लाई रोकेर जाँच गऱ्यो जसमा 15 प्याकेट यावा ट्याबलेट र आठ प्याकेट हेरोइन जफत गरियो।
पुलिस अनुसार प्रतिबन्धित ड्रग्सलाई इम्फालदेखि गुवाहाटी तर्फ ल्याइँदैथ्यो। जफत गरिएको मादक पदार्थहरूको अनुमानित मूल्य 39 करोड रुपियाँ रहेको बताइएको छ। यस मामिलामा पुलिसले दुई कथित तस्करहरूलाई पक्राउ गरेको छ। पक्रा पर्ने आरोपीहरूको पहिचान ग्वालपाड़ा निवासी अब्दुल कादिर र शरिफुल इस्लामको रूपमा भएको छ। पुलिसले यस मामिलाको अग्रिम जाँच गरिरहेको छ।
हिन्दुस्थान समाचार / उष्णता छेत्री शर्मा