दक्षिण भारतको लक्ष्मी-नारायण मन्दिर जस्तै बन्नेछ गणेश पूजाको पण्डाल, तयारी शुरू गरियो
दक्षिण भारतको लक्ष्मी-नारायण मन्दिर जस्तै बन्नेछ गणेश पूजाको पण्डाल, तयारी शुरू गरियो


सिलगढ़ी, 13 अगस्त (हि.स.)। सिलगढ़ी गणेश पूजा वेलफेयर सोसाइटीद्वारा यस वर्ष गणेश पूजाको 20औं वर्ष मनाइनेछ। बिहीवार विधान मार्केट अटो स्ट्याण्ड अर्थात पुरानो डुवर्स बस स्ट्याण्ड परिसमार खुट्टी पूजा गरी गणेश पूजाका तयारीहरूको औपचारिक शुभारम्भ गरियो। यस अवसरमा पूजा कमिटीका सदस्य तथा स्थानीय व्यवसायीहरू उपस्थित थिए।

आयोजकहरू अनुसार यस वर्ष पूजालाई थप आकर्षण बनाउनको लागि विशेष तयारी गरिँदैछ। दक्षिण भारतको लोकप्रिय लक्ष्मी-नारायण मन्दिरको वास्तुकला जस्तै भव्य पण्डाल तयार गरिनेछ। मन्दिरको स्वरूपमा बनाइने पण्डालमा आकर्षक सुनौलो रङ्गले कुँदिएको कलाकृति तथा विशेष सजावट देख्न पाइनेछ। आयोजकहरूले आशा व्यक्त गरे, पण्डाल श्रद्धालु अनि दर्शकहरूका लागि विशेष आकर्षणको केन्द्र बन्नेछ।

पूजा कमिटीको पक्षबाट बताइयो, हरेक वर्ष जस्तै यस वर्ष पनि गणेश पूजा सिलगढ़ी सहित सम्पूर्ण उत्तर बह्गालमै आकर्षणको केन्द्र बन्नेछ। लगभग सात दिनसम्म चल्ने यस धार्मिक उत्सवमा प्रतिदिन विभिन्न धार्मिक कार्यक्रम आयोजना गरिनेछ।

यस वर्ष पूजाको अवसरमा रक्तदान शिविर औ नेत्र जाँच शिविरको आयोजनसँगसँगै आर्थिक रूपमा दुर्बल विद्यार्थीलाई शिक्षामा सहयोग, आवश्यकतामा रहेका मानिसहरूलाई मद्दत तथा अनाथ आश्रमहरूलाई आर्थिक सहयोग जस्ता सामाजिक पहलहरू पनि गरिने बताइएको छ।

हिन्दुस्थान समाचार / उष्णता छेत्री शर्मा


 rajesh pande