
पश्चिम मेदिनीपुर, 13 अगस्त (हि. स.)। जिल्लाको घाटाल थाना क्षेत्रमा अवस्थित झुमी नदीमा माछा मार्न गएका एकजना युवकको बिमार भएर मृत्यु भयो। मृतकको पहिचान घाटाल थाना अन्तर्गत आमोदकरूल निवासी सुजीत सिंह (32)- को रूपमा भएको छ।
जानकारी अनुसार बिहीवार बिहान सुजीतले झुमी नदीमा माछा मारिरहेका थिए। यसै अवधि तिनी बिमार भएर नदीको किनारमै मुर्छित परे। वरिपरीका मानिसहरूले तिनलाई उठाउने प्रयास गरे, तर त्यसबेलासम्ममा तिनको मृत्यु भइसकेको थियो। सूचना पाएर घाटाल थानाको पुलिस घटनास्थलमा पुग्यो अनि शवलाई कब्जामा लिएर पोस्टमर्टम गर्नको लागि पठाइदियो।
परिवार अनुसार सुजीत पछिल्लो केही वर्षदेखिको क्षय रोगले ग्रस्त थिए। तिनले तीन वटा राज्यहरूमा सुनारेको काम गर्थे। परिवारमा पत्नी, एकजना नाबालिक छोरा तथा छोरी रहेका छन्। घटनापछि परिवार लगायत सम्पूर्ण क्षेत्र शोकमा डुबेको छ।
हिन्दुस्थान समाचार / उष्णता छेत्री शर्मा