
मेदिनीपुर, 13 अगस्त (हि.स.)। पश्चिम मेदिनीपुर जिल्लाको केशियाड़ीमा लगातार रूपमा भइरहेको घना वर्षाको कारणले एकपटक फेरि केशियाड़ी-खड़गपुर राज्य सड़कमा आवागमन ठप्प भएको छ। गए बुधवार साँझदेखि शुरू भएको मुसलधारे वर्षापछि लेङ्गमारा पोल क्षेत्रमा सड़क लगभग घुँड़ा-घुँड़ासम्म पानीमा डुबेको छ। सड़कमा पानीको तीव्र प्रवाहले गर्दा सुरक्षालाई केन्द्र गर्दै प्रशासनले यातायातलाई बन्द गरिदिएको छ।
बिहीवार बिहान नौ बजेदेखि महत्वपूर्ण सड़क बन्द रहेको कारणले हजारौं दैनिक यात्री, नोकरीको लागि आउने-जाने मानिसहरू, व्यापारीहरू तथा वाहन चालकहरूलाई विभिन्न समस्याहरूको सामना गर्न परिरहेको छ। खड़गपुर र मेदिनीपुरसित सम्पर्क गर्नको लागि महत्वपूर्ण यो मार्ग बन्द भएपछि मानिसहरूले लामो वैकल्पिक मार्गलाई प्रयोग गरिरहेका छन् जसबाट पैसा अनि समय दुवै खर्च भइरहेको छ।
स्थानीय मानिसहरू अनुसार केही दिनअघि पनि घना वर्षाको कारणले यसै क्षेत्रमा सड़क जलमग्न भएको थियो। त्यसबेला सड़कको एक भाग क्षतिग्रस्त भएको थियो। पुलिस अनि स्थानीय प्रशासनको तत्परतामा भोलिपल्ट यातायात सामान्य भएको थियो। तर बुधवार राती भएको अविरल वर्षाले लेङ्गमारा पोल वरिपरी तल्रो क्षेत्र अनि सड़क पानीमा डुब्यो।
पुलिस औ प्रशासन अनुसार पानी घटेपछि सड़कको स्थितिको निरीक्षण गरिनेछ। सड़कलाई सुरक्षित पाइए यातायात पुनर्बहाल गर्ने अनुमति दिइनेछ।
हिन्दुस्थान समाचार / उष्णता छेत्री शर्मा