स्वास्थ्य आयोगको सिकायत सुन्ने पहल, निजी चिकित्सा संस्थानहरूलाई सम्पर्क नम्बर भएको बोर्ड लगाउने निर्देश
स्वास्थ्य आयोगको सिकायत सुन्ने पहल, निजी चिकित्सा संस्थानहरूलाई सम्पर्क नम्बर भएको बोर्ड लगाउने निर्देश


कोलकाता, 13 अगस्त (हि.स.)। पश्चिम बङ्गालमा निजी अस्पताल, जाँच केन्द्र औ प्याथोलोजी केन्द्र समेत चिकित्सासित सम्बन्धित संस्थाहरूविरूद्ध सिकायत दर्ता गराउनको लागि 24 घण्टाको हेल्पलाइन शुरू गरिएको छ। पश्चिम बङ्गाल क्लिनिकल एस्ट्याब्लिशमेन्ट रेगुलेटरी कमिशनले आम मानिसहरूको सुविधाको लागि सिकायत दर्ता गराउने केही माध्यमहरू बारे जानकारी दिएको छ।

कमिशन अनुसार चिकित्सासित सम्बन्धित सिकायत 24 घण्टाको हेल्पलाइन 1860-345-3512 मा दर्ता गराउन सकिन्छ। यस अतिरिक्त wbcerc@wb.gov.in मा ई-मेल, आयोगको वेबसाइट औ डाकको माध्यमबाट पनि सिकायत पठाउन सकिन्छ। डाकबाट सिकायत पठाउनेहरूको लागि मोबाइल नम्बर र ई-मेलको ठेगाना दिन अनिवार्य बनाइएको छ।

सिकायत दर्ता गर्ने प्रक्रियालाई सहज बनाउनको लागि राज्यका सबै स्वास्थ्य केन्द्र तथा चिकित्सा संस्थानहरूमा ठूलो आकारको ब्यानर वा सूचना पट लगाउने निर्देश दिइएको छ। आयोगले अस्पताल अनि क्लिनिकहरूको महत्वपूर्ण स्थानमा आगामी सात दिनभित्रमा यस्तो ब्यानर लगाउने निर्देश दिएको छ।

वेस्ट बङ्गाल क्लिनिकल एस्ट्याब्लिशमेन्ट रेगुलेटरी कमिशनका सचिव अरशाद हसन वारसीद्वारा हस्ताक्षरित निर्देशिकामा भनिएको छ, ब्यानरको पृष्ठभूमिको रङ्ग गेरूवा तथा अक्षरहरूको रङ्ग सेतो हुनुपर्छ। ब्यानरमा अङ्ग्रेजी अनि बङ्गला दुवै भाषामा जानकारी दिएको हुनुपर्छ। ब्यानर लगाएपछि त्यसको तस्वीर पनि आयोगलाई पठाउनुपर्छ। सम्बन्धित जिल्ला अधिकारीहरूलाई यस निर्देशलाई लागू गराउने जिम्मेवारी दिइएको छ।

निजी चिकित्सा संस्थानहरूमा यस किसिमको बोर्ड-होर्डिङ्ग लगाउने पहललाई एसोसिएशन अफ हेल्थ सर्भिसेजका महासचिव उत्पल ब्यानर्जीले स्वागत गरेका छन्। तथापि उनले बोर्ड र होर्डिङ्गको रङ्ग गेरूवा राखेकोमा प्रश्न उठाएका छन्।

वेस्ट बङ्गाल डाक्टर्स फोरमका सल्लाहकार कौशिक लाहिड़ीले भने, जब निजी अस्पतालहरूले आफ्नो खर्चमा बोर्ड तथा ब्यानरहरू लगाउनुपर्छ भने रङ्गको फसेला गर्ने जिम्मा पनि निजी अस्पताल प्रबन्धनलाई दिए उचित हुनेछ।

यस व्यवस्थाको उद्देश्य रोगीहरू तथा उनीहरूका परिवारहरूलाई चिकित्सा सेवाहरूसित सम्बन्धित सिकायत दर्ता गराउने सरल अनि सोझो माध्यम उपलब्ध गराउनु हो।

हिन्दुस्थान समाचार / उष्णता छेत्री शर्मा


 rajesh pande