चुँचुड़ा इमामबाड़ा अस्पतालमा मनाइयो ‘टीबी मुक्त भारत दिवस’
चुँचुड़ा इमामबाड़ा अस्पतालमा मनाइयो ‘टीबी मुक्त भारत दिवस’


हुगली 13 अगस्त (हि.स.)। चुँचुड़ा इमामबाड़ा सदर अस्पतालमा बिहीवार ‘टीबी मुक्त भारत दिवस’ मनाइयो। यस कार्यक्रमको उद्देश्य टीबी अर्थात क्षय रोगप्रति मानिसहरूमा जागरूकता बढ़ाउनु अनि रोगीहरूको उपचार र पोषणमाथि विशेष ध्यान दिने सन्देश दिनु थियो। यस अवसरमा चुँचुड़ाका विधायक सुबीर नाग पनि उपस्थित थिए।

कार्यक्रममा विधायक सुबीर नागले मानवीय पहल गर्दै एकजना टीबी रोगीको उपचार तथा सन्तुलित आहारको सम्पूर्ण जिम्मा वहन गर्ने घोषणा गरे।

विधायकले भने, कुनै बिमार व्यक्ति स्वस्थ हुने यात्रामा उसित उभिनु नै मानवताको वास्तविक पहिचान हो। उनले भने, टीबी मुक्त भारतको लक्ष्यलाई हासिल गर्नको लागि समाजको हरेक वर्ग सहभागी तथा जागरूक हुन अत्यन्त आवश्यक छ।

कार्यक्रममा टीबी रोगीहरूप्रति सहानुभूति राख्ने, नियमित रूपमा उपचार गराउने तथा पौष्टिक आहार सेवन गर्ने महत्वमाथि बल दिनको साथै टीबी मुक्त भारतको लक्ष्यलाई पूरा गर्नको लागि आम जनतालाई पनि अगाड़ि बढ़्ने अपील गरियो।

चुँचुड़ा इमामबाड़ा सदर अस्पतालमा आयोजित सो कार्यक्रमको माध्यमबाट स्वस्थ एवं जागरूक समाज निर्माण गर्ने सन्देश दिइयो। टीबी उन्मूलनको लागि प्रशासन, स्वास्थ्यकर्मी औ आम जनताको सामूहिक प्रयासलाई जारी राख्नेमाथि पनि जर दिइयो।

हिन्दुस्थान समाचार / उष्णता छेत्री शर्मा


 rajesh pande