
कोलकाता, 13 अगस्त (हि.स.)। मानव उत्थान सेवा समितिको तत्वावधानमा माता श्री अमृताजीको जन्मदिवसको उपलक्ष्यमा दक्षिणदारी शाखा निकटस्थित साउथ दमदम प्राइमरी फ्री स्कूलमा विशाल मिशन एजुकेशन कार्यक्रमको आयोजना गरियो। कार्यक्रमको उद्देश्य शिक्षाको महत्वलाई रेखाङ्कित गर्नको साथै आवश्यकतामा रहेका बाल-बालिकाहरूसम्म शिक्षाको पहुँच सुनिश्चित गर्नु हो।
कार्यक्रमको नेतृत्व मानव उत्थान सेवा समितिकी पश्चिम बङ्गाल अध्यक्ष महात्मा कलिन्दी बाईजीले गरेकी थिइन्। यस अवसरमा समितिका अनेकौं महात्मा एवं बाईजी उपस्थित थिए। कार्यक्रममा दक्षिणदारी शाखाका प्रमुख शिवदयालजी सहित शाखाका सबै कार्यकर्ताहरूले पनि सक्रिय रूपमा भाग लिए।
कार्यक्रममा शिक्षाको महत्व औ समाजका आवश्यकतामा रहेका बाल-बालिकाहरूसम्म गुणस्तरीय शिक्षा पुऱ्याउने आवश्यकतामाथि विशेष बल दिइयो। उपस्थित मानिसहरूले शिक्षा एवं सेवाको सन्देशलाई समाजका अधिकांश मानिसहरूसम्म पुऱ्याउने अनि आवश्यकतामा रहेका बाल-बालिकाहरूको भविष्य उज्जवल बनाउने दिशामा कार्य गर्ने सङ्कल्प लिए।
कार्यक्रमलाई सफल बनाउनमा मानव उत्थान सेवा समितिका कार्यकर्ताहरू सहित सद्भावना सेवा परिषदका अध्यक्ष एवं समाजसेवी प्रदीप गर्ग, समाजसेवी देवाशिष झा, मनोज सेठ, योगेन्द्र ओझा, सन्तोषजी औ गौतम पोद्दारको महत्वपूर्ण योगदान रहेको थियो। सबै सहयोगीहरूले आयोजनलाी सफल बनाउनको लागि आफ्नो बहुमूल्य योगदान दिए। कार्यक्रमको म़ञ्च सञ्चालन राहुल गुप्ताले गरेका थिए।
हिन्दुस्थान समाचार / उष्णता छेत्री शर्मा