
कोलकाता, 13 अगस्त (हि.स.)। कोलकाताको नीलरतन सरकार (एनआरएस) अस्पतालमा गए बुधवार राती स्त्री रोग विभागका एचडीयूको शौचालयमा एकजना नर्सको शव भेटियो। नर्सको मृत्यु के कारणले भएको हो, अहिलेसम्म स्पष्ट भएको छैन। पुलिसले मामिलाको जाँच शुरू गरेको छ।
प्राथमिक जानकारी अनुसार नर्स बुधवार राती स्त्री रोग विभागको एचडीयूमा ड्यूटीमा तैनाथ थिइन्। राती केही समयपछि अस्पतालका कर्मचारीहरूले उनलाई कार्यास्थलमा नदेखेपछि उनलाई खोज्न शुरू गरे। खोज्दै जाँदा एचडीयूको शौचालयमा उनको शव भेटियो।
घटनाको सूचना पाए लगत्तै घटनास्थलमा पुगेको पुलिसले औपचारिकता पूरा गरेपछि शवलाई पोस्टमर्टम गर्नको लागि पठाइदियो। पोस्टमर्टम रिपोर्ट आएपछि नै मृत्युको वास्तविक कारण स्पष्ट हुने आशा छ।
अस्पताल सूत्र अनुसार प्रारम्भिक रूपमा आशङ्का व्यक्त गरिँदैछ, शरीरमा कुनै औषधि वा इन्जेक्शन लगाएको कारणले उनको मृत्यु भएको हुनसक्छ। तथापि यस सम्बन्धमा पुलिसले अन्तिम पुष्टि गरेको छैन। मृत्युको परिस्थिति र यस पछाड़िको कारण पत्तो लगाउनको लागि जाँच भइरहेको छ।
हिन्दुस्थान समाचार / उष्णता छेत्री शर्मा