
कोलकाता, 13 अगस्त (हि.स.)। नैहाटीका पूर्व तृणमूल कङ्ग्रेस विधायक सनत देलाई बिहीवार बिहान पुलिसले जाँचको सिलसिलामा उनको क्षेत्रमा लिएर गयो जहाँ मनिसहरूले व्यापक विरोध प्रदर्शन गरे। सनत देलाई देख्नसाथ मानिसहरूको ‘चोर-चोर’- को नारा लगाउन शुरू गरे। स्थिति तनाउपूर्ण भएको देखेर पुलिसले तत्काल उनलाई त्यहाँबाट लग्यो।
जानकारी अनुसार पुलिसले गत 8 अगस्तको दिन दत्तपुकुरबाट सनत देलाई पक्राउ गरेको थियो। अदालतको आदेशमा उनी हाल 6 दिनको पुलिस हिरासतमा छन्। हिरासतकै क्रममा बिहीवार बिहान पुलिसले उनलाई नैहाटीको 6 नम्बर विजय नगरमा लिएर गयो।मामिलाको जाँच गर्ने सिलसिलामा घटनाक्रम पुनर्निर्माण गराउनको लागि उनलाई त्यहाँ लगिएको बताइएको छ।
सनत दे आइरहेको खबर फैलिनसाथ ठूलो सङ्ख्यामा स्थानीय मानिसहरू त्यहाँ जुटे। उनलाई देख्नसाथ एक वर्गले आफ्नो आक्रोश व्यक्त गर्दै पुलिस वाहन भएतिर जान थाल्यो। स्थिति बिग्रिने आशङ्कालाई केन्द्र गर्दै पुलिसकर्मीहरू तत्काल सक्रिय भए अनि सुरक्षा दिएर सनत देलाई त्यहाँबाट लिएर गयो।
सनत देविरूद्घ रङ्गदारी असुली, धम्की दिने समेत केही आरोप छ। राजनीतिक जगतमा उनलाई नैहाटीका सांसद पार्थ भौमिकको निकटवर्ती मानिन्छ। पार्थ भौमिकको बारेमा प्रश्न गर्दा सनत देले भने, “उनी नाटककार हुन्, उनको जीवन नै नाटकले भरिएको छ।”
यता भाजपा नेताहरूले आरोप लगाएका छन्, सनत देविरूद्ध पछिल्लो लामो समयदेखिकै रङ्गदारी असुल गरेको तथा धम्की दिएको जस्ता सिकायतहरू आइरहेका छन्।नेताहरूको दाबी छ, यस्तै आरोपहरूले गर्दा मानिसहरू उनीसित रिसाएका छन्।
हिन्दुस्थान समाचार / उष्णता छेत्री शर्मा