
कोलकाता, 13 अगस्त (हि.स.)। बङ्गालको खाड़ीमा विकसित निम्न दबावको प्रभावले पश्चिम बङ्गालका दक्षिणी भागहरूमा वर्षाको सिलसिला तीव्र भएको छ। मौसम विभागले बिहीवार दक्षिण बङ्गालका केही जिल्लाहरूमा अति भारी वर्षा हुने चेताउनी जारी गरेको छ। शुक्रवारसम्म वर्षाको प्रभाव कायम रहने सम्भावना छ। आगामी 15 अगस्तदेखि वर्षाको तीव्रता घट्नसक्छ तथापि दक्षिण बङ्गालका अधिकांश भागहरूमा वर्षा कायम रहनसक्छ।
मौसम विभाग अनुसार गए बुधवार बिहान लगभग साढ़े पाँच बजे उत्तर बङ्गालको खाड़ीमा पश्चिम बङ्गाल-बङ्गलादेश तटको छेउमा निम्न दबाव क्षेत्र विकसित भएको थियो। बुधवार साँझसम्ममा यो अधिक स्पष्ट निम्न दबावमा परिणत भयो। त्यसपछि यो अझ बलियो भएर गहिरो निम्न दबाव क्षेत्रमा परिणत हुने तथा उत्तर दिशामा बढ़्ने अनुमान छ। यसको प्रभावले पश्चिम बङ्गाल तथा यस संलग्न बङ्गलादेशका तटीय क्षेत्रहरूमा मौसम खराब हुनेछ।
बिहीवार कोलकाता समेत दक्षिण बङ्गालका सबै जिल्लाहरूमा हल्कादेखि मध्यम वर्षा हुने सम्भावना छ भने कतिप स्थानहरूमा घना वर्षा हुनसक्छ। मौसम विभागले बाँकुड़ा र पश्चिम मेदिनीपुरमा 20 सेन्टीमीटरभन्दा अधिक अत्यन्त भारी वर्षा हुने आशङ्का छ। पुरुलिया, झाड़ग्राम, पूर्व मेदिनीपुर, पूर्व औ पश्चिम बर्दवान तथा हुगलीमा पनि कतिपय स्थानहरूमा घनादेखि अति घना वर्षा हुनसक्छ। राज्यका अन्य जिल्लाहरूमा पनि अलग-अलग स्थानमाहरूमा मुसलधारे पानी पर्ने अनुमान छ।
वर्षासँगसँगै कतिपय क्षेत्रहरूमा बिजुली चम्किने अनि तीव्र हावा चल्ने सम्भावना पनि छ। कोलकातामा आगामी 24 घण्टासम्म आकाशलाई मुख्य रूपमा बादलले ढाकिरहनेछ। रोकिँदै हल्कादेखि मध्यम वर्षा अनि वज्रपात हुने आशङ्का छ।बिहीवार र शक्रवार साँझपछि राती अथवा बिहान वर्षाको तीव्रता बढ़्नसक्छ। केही समयको अन्तरालमा वर्षाको गति प्रतिघण्टा दुईदेखि तीन सेन्टी मीटरसम्म पुग्नसक्छ।
बितेको बुधवार साँझ दक्षिम बङ्गालको माथि विकसित अत्यन्त अग्लो बादलले पनि मौसमको गम्भीरताको सङ्केत दिरहेको छ। उपग्रहबाट प्राप्त जानकारी अनुसार क्यूमुलोनिम्बस बादलको एक स्तम्भ लगभग 18 किलोमीटर अग्लोसम्म भएको थियो। मौसम विज्ञानिकहरू अनुसार सामान्य रूपमा यस्ता बादल 12-देखि 14 किलोमीटरसम्म अग्लो हुन्छ। 18 किलोमीटरको उचाईँलाई असामान्य मानिन्छ। यस बादलको माथिल्लो भागको तापमान शून्यदेखि 70 डिग्री सेल्सियसभन्दा तल पुग्ने अनुमान छ।
शुक्रवार पनि दक्षिण बङ्गालका केही जिल्लाहरूमा घना वर्षा हुने जोखिम कायम रहनेछ। पुरूलियामा अति घना वर्षा हुने सम्भावना छ भने बाँकुड़ा, झाड़ग्राम, पश्चिम मेदिनीपुर, पश्चिम बर्दवान औ बीरभूममा कतिपय स्थानहरूमा घना वर्षा हुनसक्छ। कोलकाता समेत अन्य जिल्लाहरूमा पनि वर्षा जारी रहने सम्भावना छ। उत्तर बङ्गालमा छुटपुट वर्षा हुनसक्छ, तर नयाँ निम्न दबावको त्यहाँ विशेष प्रभाव पर्ने सम्भावना हाल छैन।
हिन्दुस्थान समाचार / उष्णता छेत्री शर्मा