
गुवाहाटी, 14 अगस्त (हि.स.)। असमका मुख्यमन्त्री डा. हिमन्त बिस्व सरमाले शुक्रवार विभाजन विभीषिका दिवसको अवसरमा भारत विभाजन कालमा आफ्नो ज्यान गुमाउने तथा प्रभावित हुने प्रत्येक व्यक्तिलाई श्रद्धाञ्जली अर्पण गरे।
मुख्यमन्त्रीले सोशल मीडिया पोस्टमा भने, मुस्लिम लीगको कुमन्त्रणाबाट सृजित विभाजनको विभीषिकामा प्राण गुमाउने अथवा प्रभावित हुने प्रत्येक व्यक्तिलाई हृदयको गहिराईबाटै श्रद्धाञ्जली अर्पण गर्दछौं। उनले भने, भारत मातालाई विभाजन गरेर आफ्नो निजी स्वार्थलाई पूरा गर्ने शक्तिहरूको अन्त हुनुपर्छ।
हिन्दुस्थान समाचार / उष्णता छेत्री शर्मा