
कोलकाता, 14 अगस्त (हि. स.)। कर्तव्यप्रति विशेष योगदानको लागि प्रत्येक वर्ष झैं यस वर्ष पनि स्वतन्त्रता दिवसको अवसरमा पुलिस अधिकारीहरूलाई पदकद्वारा सम्मानित गरिनेछ। आगामी शनिवार 80औं स्वतन्त्रता दिवसको पावन अवसरमा मुख्यमन्त्री शुभेन्दु अधिकारीले राज्यका 14 जना आईपीएस अधिकारीहरूलाई सम्मानित गर्नेछन्। यीमध्ये 6 जना अधिकारीहरूलाई असाधारण योगदानको लागि तथा अन्य अधिकारीहरूलाई सराहनीय सेवाको लागि सम्मानित गरिनेछ।
असाधारण योगदानका लागि दमयन्ती सेन, अजय कुमार, नीरज कुमार सिंह, के. जयरमन, प्रणव कुमार औ कुणाल अग्रवाललाई मुख्यमन्त्री पदकबाट सम्मानित गरिनेछ।
सराहनीय योगदानका लागि प्रेसिडेन्सी रेञ्जका आईजी कङ्कर प्रसाद बारुई, चन्दननगरका पुलिस आयुक्त सुनिल कुमार यादव, विधाननगरका पुलिस आयुक्त राठौर अमित कुमार भारत औ कोलकाताका संयुक्त पुलिस आयुक्त (यातायात) सूर्य प्रताप यादवलाई पदक प्रदान गरिनेछ।
यस अतिरिक्त पूर्व मेदिनीपुरका पुलिस अधीक्षक अंशुमान साहा, पूर्व बर्धमानकी पुलिस अधीक्षक पुष्पा औ मुर्शिदाबाद पुलिस जिल्लाका अधीक्षक सचिन मक्करलाई पनि सराहनीय सेवाका लागि सम्मानित गरिनेछ। बारूइपुर जिल्लाका पुलिस अधीक्षक अरविन्दर कुमार आनन्दलाई पनि यस सम्मानका लागि चयन गरिएको छ।
स्वतन्त्रता दिवस समारोहमा यी पुलिस अधिकारीहरूलाई उनीहरूको उल्लेखनीय कार्य तथा कार्यनिष्ठाका लागि मुख्यमन्त्रीद्वारा पदक प्रदान गरिनेछ।
हिन्दुस्थान समाचार / उष्णता छेत्री शर्मा